खानीगाउँमा अचार बनाउने तालिम सम्पन्न

0
108

धातानन्द शर्मा गैरे । पाल्पा
महिला समन्वय समिति बगनासकाली गाउँपालिका वडा नं ७ को आयोजना तथा वडाको आर्थिक सहयोगमा वडाका कृषक महिलाहरुका लागि दुईदिने अचार बनाउने तालिम सम्पन्न भएको छ । तालिम माघ ५ र ६ गते चलेको हो ।

तालिम समापन समारोहका अध्यक्ष महिला समन्वय समिति वडा नं ७ का अध्यक्ष सीता भट्टराईले तालिम अत्यन्त उपयोगी रहेको, अहिले विगतको जस्तो तालिम नभएर यसलाई व्यवहारमा लागुगर्ने अठोटका साथ तालिम लिएका छौँ भन्नुभयो । प्रशिक्षक द्वय श्रीकृष्ण थापा र रमेश कुँवरले अति रोचक तरिकाबाट स्थानीय कृषि उपजको उपयोग गरेर विभिन्न किसिमका अचार बनाउन सिकाउनुभएको बताउनुभयो । कार्यक्रमका प्रमुख अध्यक्ष बगनासकाली ७ का वडाध्यक्ष गणबहादुर बुढाथोकीले सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । उहाँले आगामी दिनमा व्यवसायिक योजनाका साथ वडामा निवेदन आएमा व्यवसाय प्रवध्र्दनका लागि वडाले टेवा पुर्याउने प्रतिपवध्दता व्यक्त गर्नुभयो ।

तालिमका प्रशिक्षक श्रीकृष्ण थापाले तालिममा सहभागीहरुले सक्रिय सहभागिता जनाउनु भएकोमा आफू उत्साहित भएको बताउनुभयो । यसलाई अझ व्यवसायिक रुप दिन अलि लामो समयको तालिम आवश्यक हुन्छ भन्नुभयो ।

समाजसेवी धातानन्द शर्मा गैरेले स्थानीय उत्पादनको सदुपयोग गरि महिलाहरूले आयआर्जन गरेर आम्दानी बढाउन सकून् भन्ने उद्देश्यले सञ्चालन गरिएको तालिम महत्त्वपूर्ण रहेको र तालिम उपलब्धिमूलक होस् भन्ने शुभकामना दिनुभयो । तालिममा सहभागीका तर्फबाट विमला गैरेले तालिमले आफूहरुलाई अघि बढ्न प्रेरणा दिएको बताउनुभयो ।
तालिममा १९ जना महिला सहभागी भएका थिए । कार्यक्रम विष्णु बस्यालको सञ्चालनमा चलेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here