पाल्पाली पत्रकार पचभैंया फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत

0
490

पाल्पा । पाल्पामा रही पत्रकारिता गर्दै आउनुभएका पत्रकार देप पचभैया ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त) पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले पाल्पाली पत्रकार देव पचभैयालाई उक्त पुरस्कार प्रदान गरेको हो ।

फोनिजको स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच पत्रकार पचभैंयालाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नगद र सम्मानपत्रले पुरस्कृत गर्नुभयो । यस्तै फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० बाट दिलीप थापा मगरलाई पुरस्कृत गरिएको छ । त्यस्तै ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपाल भाषा टाइम्स दैनिक’ लाई प्रदान गरिएको छ । त्यस्तै दोलखाका जीवन लामा र कैलालीका उन्नति चौधरीलाई पुरस्कृत हुनुभएको छ ।

पत्रकार पचभैया करिव २० वर्षदेखि पाल्पाली पत्रकारितामा क्रियाशील रहनुभएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य समेत रहनुभएका पत्रकार पचभैया श्रीनगर एफएफका स्टेशन म्यानेजर तथा उज्यालोका पाल्पा संवाददाताको रुपमा रहनुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here