रैनादेवीमा सरकारी तलव खानेका बालबच्चा सरकारीमै पढाउन परिपत्र

0
305

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले जनप्रतिनिधि, सरकारी कर्मचारी तथा शिक्षकले आफ्नो र आफ्नो संरक्षणमा रहेका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने बिषयको परिपत्र गरेको छ । यसरी सरकारी तलव खाने जनप्रतिनिधि कर्मचारीहरुलाई सरकारी बिद्यालयमै आफ्ना छोराछोरी पठाउने विषयमा निर्णय गर्ने रैनादेवी जिल्लामै पहिलो पालिका हो ।

पछिल्लो समय सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण कम हुदै गएको र गाउँका कतिपय बिद्यालयहरुमा विद्यार्थी संख्या ज्यादै न्युन हुदै गएका छन् । यसै सन्दर्भमा सामुदायिक विद्यालयको गुणस्तर सुधार्नका लागि यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो । गत २०८० बैशाख २४ गते गाउँ कार्यपालिकाले निर्णय गरेपछि यसको कार्यान्वयनका लागि परिपत्र गरिएको पालिकाका प्रमुख प्रशसकीय अधिकृत दिनेश सारुले बताउनुभयो । पालिकाले यो वर्ष निर्णय गरेर सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सकारात्मक रुपमा नैतिक दवाव पुग्ने बताएको छ । उहाँले निर्णय बमोजिम सम्बन्धित सबैलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।

यो निर्णयलाई आगामी शैक्षिक सत्र २०८१ देखि कार्यान्वयनमा लैजाने गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले बताउनुभयो । पालिका अन्तरगतको समग्र शिक्षा क्षेत्रलाई सुधार गर्न गरेका विभिन्न निर्णयमध्ये यो पनि एउटा महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here