फागुन १५ गते मगर दिवसका दिन रामपुर नगरपालिकामा सार्वजनिक विदा

0
342
पाल्पा  । पाल्पाको रामपुर नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ । दिवसको अवसरमा रामपुर नगरपालिकाले १५ गते एक दिन सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाले शुक्रबार  सुचना जारी गर्दै विदाको घोषणा गरेको हो । पाल्पा जिल्ला संगै रामपुर नगपालिका मगर समुदायको बहुल्यता रहेको जिल्ला भएको र मगर समुदायले फागुन १५ गतेलाई उत्सवको रुपमा मनाउने भएकाले सार्वजनिक विदा दिइएको रामपुर नगरपालिकाका नगर प्राुख रमण बहादुर थापाले बताउनुभयो । १४ औं कार्यपालिका बैठकले मगर दिवसको दिन विदा दिने निर्णय गरेको हो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘मगर समुदायको बाहुल्यता रहेको यस रामपुर नगरपालिकामा ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा यहि मिति २०८०/११/१५ गते नगरपालिका मातहतकासम्पूर्ण कार्यालयहरु,  शिक्षण संस्था, स्वस्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएकाले उक्त दिन सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

राष्ट्रिय मगर दिवसको अवसरमा रामपुर नगरपालिकाको विभिन्न स्थानमा मगरी संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहितका कार्यक्रमहरु हुँदै आएको छ । रामपुरको बेझाँडमा एकिकृत मगर उत्थान समाज र नेपाल मगर संघले संयुक्त रुपमा कार्यक्रम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here