विद्यार्थीको पठन सीपको विकास गर्न पत्रिका पढाइयो

0
229

पाल्पा । तानसेन, एमबिएस स्कुल (महेन्द्र बोधि मावि)का विद्यार्थीहरूलाई पठन सिप विकास गर्न पत्रिका पढाइएको छ ।

शुक्रवारको “बुक फ्रि फ्राइडे” कार्यक्रम अन्र्तगतको एक सेसनमा विद्यार्थीलाई पत्रिका पढ्न लगाइएको हो । पाल्पा समाचारपत्र र एमबिएस स्कुल तानसेनको सहकार्यमा पत्रिका पढाइएको हो । “अहिलेका बालबालिकाको पठन सिप कमजोर बन्दै गएको छ । मोबाइलको कारणले बालबालिकामा पढने बानी हटेको छ । ध्यान दिएर १/२ घण्टा लगातार पढ्ने बानी छैन । बाहिरी पत्रपत्रिका र किताबहरू पढेर पनि ज्ञान बढाउन सकिन्छ भन्ने जानकारी दिन पनि पत्रिका पढ्न लगाएका हौं ।” विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक झविन्द्र देवकोटाले भन्नुभयो ।

शुक्रवारको कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन र सिकाइको स्तर बढाउन पत्रिका पठन सिप कार्यक्रम राम्रो अभ्यास हो । विद्यालयले शुक्रबार रचनात्मक क्रियाकलाप गरिरहेको छ । आफ्नो कक्षाकोठाका पाठ्यपुस्तक बाहेक अन्य पुस्तक र पत्रिका पढ्न सिकाउने कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका प्रधानाध्यापक केशव के.सी.ले बताउनुभयो । बुक फ्रि फ्राइडेमा नौलो कार्यक्रमको रुपमा पत्रिका पढ्न पाउँदा विद्यार्थीहरूले खुसी व्यक्त गरेका थिए । विद्यार्थीहरूलाई पाल्पा समाचारपत्रबाट निःशुल्क पत्रिका उपलब्ध गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here