• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 9, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क, पर्यटक र सर्वसाधारण हैरान

palpasamachar by palpasamachar
May 7, 2025
in शीर्ष समाचार, स्थानीय समाचार
0
पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क,  पर्यटक र सर्वसाधारण हैरान
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter
यज्ञमूर्ति तिमिल्सिना । पाल्पा 
स्थानीय तहहरुले मनोमानी रूपमा पार्किङ तथा प्रवेश शुल्क उठाएको भन्दै जनगुनासो बढेको छ । पाइलै पिच्छे उठाइने पार्किङ र प्रवेश शुल्कले स्थानीय तथा पर्यटक हैरान भएका छन् । व्यवस्थापनमा कुनै ध्यान नदिने पार्किङ र प्रवेश शुल्क उठाउने स्थानीय सरकारको गतिबिधि प्रति प्रश्न उठ्न थालेको छ ।
तानसेनमा पाइलै पिच्छे पार्किङ शुल्क
तानसेन नगरपालिकाले प्रमुख राजश्व स्रोत पार्किङ र प्रवेश शुल्क बनाएको छ । रित्तो श्रीनगर र रित्तो रानीमहलबाट करोड बढी राजश्व संकलन गर्ने नगरपालिकाले श्रीनगर र रानीमहलको संरक्षण र प्रवर्धनमा खास ध्यान दिन सकेको छैन । यहाँसम्म कि नगरपालिकाले बाटो छेउमा खडा गरिएका सवारीबाट समेत शुल्क उठाउँछ । त्यो पनि नगर प्रहरी परिचालन गरेर । तानसेन बसपार्क आइपुगेको गाडीको इन्जिन बन्द हुन नपाउ“दै पार्किङ उठाउन नगरप्रहरी पुग्छन् । बसापर्कमा   बसको रु. ६०, मिबिसको ५०, जीप कार भ्यानको ३० र मोटरसाइकलको १० रुपैयाँ उठाइन्छ । टाढाबाट आएका पर्यटकलाई सहजीकरण गर्ने तर्फ नगरपालिकाको कुनै ध्यान छैन । ध्यान छ त रसिद कटाउने शुल्क उठाउनेमा मात्र ।  बिरेन्द्र फुलबारी परिसर, जिल्ला प्रशासन कार्यालय अगाडि  (दरबार परिसर वा तेर्सो सडक), नारायणस्थान, श्रीनगर, रानीमहल, भैरव मन्दिर भैरवस्थानमा सर्वसाधारण र पर्यटकलाई हैरान बनाउने गरी पार्किङ शुल्क उठाउने गरिएको गुनासो सर्वसाधारणको छ । भैरवस्थान मन्दिर गएका दशनार्थीहरुले समेत भैरवस्थानमा भएको पार्किङ शुल्क महङ्गो भएको गुनासो गरेका छन् । प्रवेश शुल्क तिरेर पर्यटक श्रीनगर जान्छन् । तानसेन श्रीनगरमा पार्किङ मात्रै हैन प्रवेश शुल्क तिरेर रित्तो जंगल बाहेक केही नदेखेपछि निराश हुदै पर्यटक फर्कन्छन् ।
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले भैरवमन्दिरमा आउने दशनार्थीहरुको गाडीका कारण सवारी ब्यवस्थापनमा समस्या भएपछि यो पहल गरिएको बताउनुभयो । पार्किङ शुल्कको बिषयमा आम सर्वसाधारणको सुझाव बमोजिम परिमार्जन गर्दै लैजान सकिने उहाँले बताउनुभयो ।
फेरी उही पर्यटक रानीमहल पुग्छन् । रानीमहल पुग्दा ओरालोमा तातेको गाडीको इन्जिन सेलाउन नपाउदै पार्किङको रसिद तेर्सिन्छ । पाहुनाले रसिद काट्छन् ।  पार्किङ शुल्क तिरेर पर्यटक रानीमहलमा निस्कन्छन् ।  टाढाटाढाबाट पनि आइपुगेका पर्यटकलाई स्वागत स्वरुप फेरी रानीमहलको गेटमा अर्को प्रवेश शुल्कको रसिद तेर्सिन्छ । रानीमहल पुगेको पर्यटक रित्तो महल देखेर दुःखी हुदै फर्कन्छन् । आन्तरिक पर्यटकले प्रवेश शुल्क ५० रुपैयाँ र बाह्य पर्यटकले प्रवेश शुल्क १ सय ५० रुपैयाँ तिर्नुपर्छ । अव आफै सोच्नुहोस् । यी सबै भोगिरहेको पर्यटकले फेरी आफ्नो ठाउ“मा फर्केर पाल्पा घुम्न जानुपर्छ भनेर अर्को टोली पठाउलान्  त ?
नगर प्रहरीको काम रसिद कटाउने हो ?
यसरी ठाउँ ठाउँमा पार्किङ र प्रवेश शुल्कको राजश्व  उठाउन नगरपालिकाले कतै नगर प्रहरी खटाएको छ तर कतै स्वयम्सेवक कर्मचारी खटाएको छ । अहिले नगरपालिका परिसरमा नगर प्रहरी खासै देखिदैनन् । उनीहरू रसिद लिएर राजश्व बढाउन फिल्डमै छन् । यसरी संकलित आन्तरिक आम्दानी नगरपालिकाले सम्वन्धित स्थानको स्तरोन्नतीमा खर्च गर्दैन । स्थानीय सरकार तानसेन नगरपालिकाको यस्तो कार्यबाट जनता आजित भएका छन् । श्रीनगरमा बर्ष दिनमा केही बिरुवा रोपेजस्तो गर्ने, रानीमहलमा १÷२ भित्रै खुइलिने कमसल पेन्ट लगाउने बाहेक अन्य देखाउने कुनै काम हुन सकेको छैन ।
पैसा उठाउने फोहर जंगलमा फाल्ने ?
चैत अन्तिम सातादेखि टँुडिखेल मैदान महोत्सवका लागि नगरपालिकाले टेन्डर गरेर भाडामा लगायो । यसबाट ९० लाख रुपैयाँ बढी आम्दानी नगरपालिकाले गरेको छ । तर यहाका मेयरलाई महोत्सवबाट संकलित फोहर फेरी उही बनदेवी सामुदायिक जंगलमा लगेर असरल्ल फाल्नुपर्छ । यसबाट थप दुर्गन्ध फैलिन्छ भन्नेसम्मको हेक्का छैन । अहिले यो बाटो हुदै आएका मानिसहरू नाक थुन्दै, मुख छोप्दै तानसेन भित्रिनुपर्ने बिडम्बना छ । स्थानीय युवा चिरञ्जिवी भट्टराईले विकासको नाममा केही पनि नगर्ने र नागरिकबाट यो वा त्यो बाहनामा राजश्व असुल्ने तानसेन नगरपालिकाको तरीका राम्रो नभएको बताउनुभयो । उहाँले पाइलै पिच्छे यसरी शुल्क उठाइनुले नागरिक हैरानीमा परेको समेत बताउनुभयो ।
तानसेन नगरपालिकाका राजश्व शाखा प्रमुख मधुसधन घर्तीले सवारी साधनको संख्या बढ्दै जादा व्यवस्थापनका लागि पनि ठाउँ ठाउँमा पार्किङस्थल बनाउनु परेको बताउनुभयो । उहाँले पार्किङ शुल्कबारे नगरपालिकाले कानुन बनाएको र समय समयमा शुल्क बृद्धि गर्ने निर्णय नगरपालिकाले गर्ने उहाले बताउनुभयो । उहाले गाडीहरुको संख्या बढ्दै जानु, पार्किङका लागि उपयुक्त स्थान नहुदा भएका र उपयोग गर्ने ठाउहरुलाई उपयोग गरी पार्किङस्थल बनाउनुपरेको बताउनुभयो ।
Previous Post

यान्त्रिकरणमा तिनाउको बिशेष जोड

palpasamachar

palpasamachar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क,  पर्यटक र सर्वसाधारण हैरान

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क, पर्यटक र सर्वसाधारण हैरान

May 7, 2025
यान्त्रिकरणमा तिनाउको बिशेष जोड

यान्त्रिकरणमा तिनाउको बिशेष जोड

May 6, 2025
पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

May 6, 2025
मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

May 6, 2025

Recent News

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क,  पर्यटक र सर्वसाधारण हैरान

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क, पर्यटक र सर्वसाधारण हैरान

May 7, 2025
यान्त्रिकरणमा तिनाउको बिशेष जोड

यान्त्रिकरणमा तिनाउको बिशेष जोड

May 6, 2025
पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

May 6, 2025
मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

May 6, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version