• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home अर्थ र पर्यटन कृषि

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

palpasamachar by palpasamachar
June 6, 2025
in कृषि, प्रविधि, शीर्ष समाचार, स्थानीय समाचार
0
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । बगनासकालीका किसानले यान्त्रिकरणको प्रयोगबाट समय र आर्थिक दुबै पक्ष बचाउनुका साथै ब्यवसायिक कृषितर्फ उन्मुख भएका छन् ।

आजकल गाउँमा गोरु पाल्नको संख्या ज्यादै न्युन भइसकेको छ । खेतबारी जोत्नका लागि गोरुको साटो यान्त्रिकरणको प्रयोग बढेको छ । यसरी यान्त्रिकरणको प्रयोग बढेपछि एक हल गोरुले दिनभरी लगाउने काम १ घण्टामा सम्पन्न भएपछि किसानको खर्च पनि भएको छ भने समयको पनि बचत भएको छ ।

यसरी यान्त्रिकरणको उपयोग बढेपछि किसानलाई समेत सहज भएको उनीहरुको भनाइ छ । एकातिर गोरु पाल्ने, गोरु घस्याउने समस्या समाधान भयो, अर्कोतर्फ सजिलो गरी जोत्न सकिने भयो । यो प्रविधि निकै सहज र फलदायी भएको छ । किसानले जोत्ने मेसिन मात्रै नभएर कुटानी पिसानी मिल समेत घरघरमा राख्न थालेका छन् । बगनासकाली गाउँपालिका र वडा कार्यालयहरुले समेत सहुलियतमा हाते ट्याक्टर तथा कुटानी पिसानी मिल बितरण गर्दै आएको छ । आम किसानहरुबाट माग संकलन आवश्यकताको पहिचानको आधारमा सहुलियतमा प्रविधि बितरण हुँदै आएको छ ।

चालु आर्थिक वर्षको बजेटबाट बगनासकाली गाउँपालिकाले ५० प्रतिशत अनुदान सहुलियतमा किसानलाई कृषि यान्त्रिकरण बितरण गरेको छ । यान्त्रिकरणको प्रयोगबाट कृषि उत्पादन र उत्पादकत्व वृद्धि पुग्ने अपेक्षा तथा किसानको समयको समेत बचत हुने अपेक्षा सहित गाउँपालिकाभित्रका ९ वटै वडाका किसानको मागको आधारमा ९ वटा मिनी टिलर, र २० वटा कुटानी पिसानी मिल वितरण गरिएको गाउँपालिका कृषि शाखा प्रमुख किशोर खत्रीले बताउनुभयो ।

सो अवसरमा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले आधुनिक कृषि उपकरणहरूको प्रयोगले कृषकहरूको उत्पादन वृद्धि हुने भएकाले अनुदानमा पाएको उपकरणलाई दुरुपयोग नगरी उचित प्रयोग गर्न आग्रह गर्नुभयो । प्रविधिको उपयोगले किसानहरु थप व्यवसायिक कृषि तर्फ उन्मुख हुनुभएको छ । मेसिनरी सामाग्रीहरु मर्मत गर्नुपरेमा गाउँपालिका मार्फत मर्मत गर्ने दक्ष जनशक्ति उत्पादन गरिएको छ । उहाँले भन्नुभयो ।

बगनासकाली आफैमा पनि कृषि तथा पशुपालनका लागि धेरै सम्भावना रहेको पालिका रहेकोले किसानहरुलाई प्रविधि हस्तान्तरणका साथै आवश्यकताका आधारमा धेरै सहजीकरण र सहयोग गर्दै आएको अध्यक्ष चिदीले बताउनुभयो । वडा वडामा रहेका कृषि प्राविधिक मार्फत किसानहरुलाई हरेक समस्यामा सहजीकरणको काम हुँदै आएको उहाँले बताउनुभयो ।

किसानहरूको कृषि उत्पादनमा वृद्धि तथा आधुनिकरण गर्नका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार किसानलाइ कृषि यान्त्रीकरण सामग्री वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले जानकारी दिनुभयो । उहाँले किसानलाइ व्यवसायिक बनाउदै लैजाने बताउनु भयो ।

प्रवक्ता टीकाबहादुर थापाले कृषि प्रविधिमा आधनिकरण संगै यान्त्रीकरणको माग बढेको र सोको कारण समयको बचत सगै उत्पादनमा वृद्धि गराउन सहयोग पुग्ने बताउनुभयो । प्रविधि वितरण कार्यक्रममा बगनासकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल सहित वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, कर्मचारीहरु, किसानहरु लगायतको सहभागिता रहेको थियो ।

 

Previous Post

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

Next Post

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

palpasamachar

palpasamachar

Next Post
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025

Recent News

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version