अस्पतालको माग पूरा भएको छैनः मिसन अस्पताल

0
395

पाल्पा । युनाइटेड मिसन अस्पतालले अस्पतालमा जारी स्वास्थ्य बीमा साउन २१ गतेबाट स्थगित हुने जनाएको छ ।
शुक्रवार अस्पतालको तर्फबाट एक प्रेस बिज्ञप्ति जारी गर्दै अस्पतालको मागको बिषयमा सम्बोधन नभएकोले साउन २१ गतेबाट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित हुने जनाइएको छ ।

अस्पतालका निमित्त निर्देशक जीवन भट्टराईद्धारा जारी बिज्ञप्तिमा अस्पतालको मागको बिषयमा बोर्डबाट सम्बोधन भएमा अस्पताल जुनसुकै बेला पनि बीमा कार्यक्रम सञ्चालन गर्न तयार रहेको उल्लेख छ । यसअघि बिहीवार जिल्लाका बिभिन्न प्रतिष्ठित ब्यक्तिहरुले समेत बीमा कार्यक्रम निरन्तरता पक्का भएको भन्दै बिभिन्न व्यक्तिहरुलाई जस दिँदै सामाजिक सञ्जालमा प्रचारबाजी गरेका थिए ।

स्वास्थ्य बीमा सन्दर्भमा नीतितहमा खास भएको छैन । यसकारण पनि पाल्पालीहरुले पटक पटक दुख पाउँदै आएका छन् । बीमाको स्वरुप र निरन्तरताबारे सरोकारवालाहरुको खास ध्यान जान सकेको छैन । जसका कारण बीमा सुविधा बन्द हुँदा धेरै गरिव तथा विपन्न परिवारका नागरिकहरु उचित उपचार पाउने अवस्थाबाट बञ्चित हुनुपर्ने अवस्था सृजना भएको छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here