बगनासकाली–३ को स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई लोकल भाले र घ्यु उपहार

0
365

मिलन विश्वकर्मा । पाल्पा
स्वास्थ्य चौकी सुत्केरी गराउने अभियानलाई स्थानीय तहले प्राथमिकता दिएक छन् । बगनासकाली–३ को स्वास्थ्य चौकीमा सुत्केरी हुने सुत्केरीलाई लोकल भाले र घ्यु उपहार दिने भएको छ । यसरी स्वास्थ्य चौकीमै पुगेर सत्केरी हुनेलाई कम्तिमा २ किलोको लोकल भाले र १ किलो घ्यु दिने गरी कार्यक्रम बनाएको वडाध्यक्ष टिकाबहादुर थापाले बताउनुभयो ।
नायरनमतले स्वास्थ्य चौकीमा आएर सुत्केरी हुने देश जुनसुकै स्थानको महिलालाई पनि भाले र घ्यु दिइने छ । अहिले पनि कतिपय घरमै सुत्केरी हुने प्रवृत्ति छ । घरमा सुत्केरी हुँदा आमा र बच्चाको अवस्था नै खतरामा पर्न सक्छ । स्वास्थ्य संस्थामा आकर्षण गर्नका लागि यो अभियान थालिएको उहाँले बताउनुभयो ।

सरकारी स्वास्थ्य संस्थामा गरिब तथा विपन्न परिवारका महिला बढी आउने गर्छन् । सुत्केरी अवस्थामा पोषणयुक्त खाने कुराको अभाव नहोस् भन्दै वडा कार्यालयले भाले र घ्यु उपहार दिन लागेको उहाँले बताउनुभयो । यस स्वास्थ्य चौकीमा दक्ष स्वास्थ्यकर्मी छन् । स्वास्थ्य चौकीमा पुगेर नियमित गर्भवती अवस्था परीक्षण गर्न भनेका छौं । नियमित परीक्षण गरी यहीं स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई थप पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो । स्वस्थ बच्चा हुने आमालाई पनि प्रोत्साहित गर्न छुट्टै पुरस्कार दिइने उहाँले बताउनुभयो । यसका लागि १ लाख रुपैया बिनियोजन गरिएको उहाँले बताउनुभयो ।

वडा भित्रका सुनौलो हजार दिनका आमा तथा बच्चालाई पनि एक क्यारेट अण्डा, घ्यु र लिटो वितरण गर्ने कार्यक्रम रहेको वडाध्यक्ष थापाले बताउनुभयो । बगनासाकाली गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी भएका आमालाई यातायात खर्चवापत १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । आगामी आर्थिक वर्षदेखि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here