पाल्पामा अविरल वर्षाका कारण रुख ढल्दा २ जना घाइते, धेरै घर गोठ भत्किए

0
763
पाल्पा । अविरल वर्षासँगै रिब्दीकोट गाउँपालिका–३ मालमुलमा पहिरोसहित खसेको ढुंगाले घर पुरिएको छ । गएराति खसेको ढुंगाले पुरिँदा स्थानीय मिना विकको जस्ताले छाएको एक तले कच्ची घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले बताउनुभयो । जस्ताले छाएको काठले बनको गोठ समेत क्षतिग्रस्त भएको छ । मानिस बस्न मिल्ने अवस्था छैन । घर र गोठमा पूर्ण रुपमा क्षति पुगेको उहाँले बताउनुभयो ।
रामपुर नगरपालिका–९ मधुकोटमा पहिरोले गोठ पुरिँदा पशुचौपाया मरेका छन् । स्थानीय कमलबहादुर साठीघरेको शनिवार बिहान ५ बजे माथिबाट खसेको पहिरोले एक तले कच्ची गोठ पुरिदा भैंसीको पाडी, २ वटा बाख्राका पाठी र एक वटा खसी परिएर मरेको प्रहरी डिएसपी श्रेष्ठले बताउनुभयो । गोठ पूर्णरुपमा क्षतिग्रस्त भएका र करिब एक लाख ५० हजार बराबरको क्षति भएको उहाँले बताउनुभयो ।
रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा सुकेको ठुंटेपिपलको रुख ढल्दा रम्भा २ फोक्सिङ्गकोटको निर्माणाधीन वडा कार्यालय भवनमा क्षति पुगेको छ । निर्माण कामदार रम्भा ३ घोङसिङका १९ वर्षीय शिव गाहा र डोजर अप्रेटर इन्द्र रानाको टाउको र अनुहारमा चोट लागेको छ । घाइतेहरुको स्थानीय स्वास्थ्यकर्मीसँग उपचार भइरहेको छ । कार्यालय भवनसँगै निर्माणाधीन २ कोठे सार्वजनिक शौचालयमा समेत क्षती पुगेको हाम्रा सहकर्मी एवतकुमार सारूले जनाउनुभएको छ ।
वर्षात्कै कारण कालीगण्डकी कोरिडोरअन्तर्गत रामपुर–पिपलडाँडा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । रम्भा गाउँपालिका १ हुँगीस्थित सडकमा माथिबाट सालका रुखसहित खसेको पहिरोले सडक अवरुद्ध भएको र अविरल वर्षा भइरहेका कारण पहिरो पन्छाउन कठिन भएको डिएसपी श्रेष्ठले बताउनुभयो ।
यता हार्थोक–छहरा–अर्घाखाँची सडकखण्ड पनि अवरुद्ध छ । रैनादेवी छहरा गाउँपालिका ५ धुवाँपानीस्थित सडकमा आइतवार बिहान करिब ७ बजे पहिरो खसेको हो । हुमिन ताहुँ सडक पनि अवरुद्ध छ । अहिले सडक पूर्णरुपमा अवरुद्ध छ । त्यस्तै तानसेन हार्थोक रिडी सडक पन िअवरुद्ध छ । निरन्तरको वर्षाले पाल्पाका विभिन्न गाउँमा पुग्ने अधिकांश कच्ची सडक अवरुद्ध भएका छन् । अविरल वर्षाकै कारण माडी फाँट क्षेत्र डुवानमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here