बगनासकालीले मनायो अभिभावक बिहीन बालबालिकासँगै बाल दिवस

0
109

पाल्पा । बगनासकाली गाउँपालिकाले गाउँपालिका भित्रका अभिभावक बिहीन बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेको छ ।

पालिकाले यस वर्ष बाल दिवस पनि अभिभावक बिहीन बालबालिकासँगै मनायो । अभिभावक बिहीन बालबालिकाहरुले पनि खुशी ब्यक्त गरे । अभिभावक विहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिनुका साथै उनीहरुको समस्या गाउँपालिका अध्यक्ष उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायतले टिपोट गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बगनासकाली गाउँपालिका भित्रका कुनै पनि बालबालिका अभिभावक नभएकै कारण शिक्षा स्वास्थ्य लगायत अत्यावश्यक सेवा सुविधाबाट कोही पनि बञ्चित नहुने बताउनुभयो । पालिकाभित्रका अभिभावक विहिन बालबालिकालाई शैक्षिक सहयोगका लागि मासिक १ हजार रुपैयाँ प्रदान गर्दै आएको अध्यक्ष चिदीले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले पालिकाभित्रका बालबालिकालाई जेजस्तो समस्या परे पनि गाउँपालिका सँगै रहने बताउनुभयो । उहाँले बगनासकाली बालमैत्री पालिका भएकोले पनि बालमैत्री अभ्यासका लागि आफूहरू लागिपरेको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिनाले अहिले पनि कतिपय अपाङ्गता भएका बालबालिका नियमित र निःशुल्क फिजियोथेरापीबाट बञ्चित भएकोले थेरापी सेवा गाउँपालिकाको स्वास्थ्य संस्थाबाट प्रदान गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

ग्राम्य माध्यमिक विद्यालयका प्रधानाध्यापक दयाराज कंडेलले पालिकाभित्र तथा आफ्नो विद्यालयमा अध्ययनरत बालबालिकाका बारेमा बताउदै अधिकांश अभिभावक विहिन बालबालिका शैक्षिक क्षेत्र, बालश्रम मात्र नभइ पोषणको अभावमा बालबालिका कमजोर हुदै गएको बताउनुभयो ।

गाउँपालिकाका बालकल्याण अधिकारी नारायण तिमिल्सेनाले बगनासकाली गाउँपालिकाले बालमैत्री अभ्यासको कार्यान्वयनका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा पालिका स्तरीय बाल सञ्जालका अध्यक्ष सचिन न्यौपाने र निस्मा बस्यालले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here