• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 9, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शिक्षा, स्वास्थ्य र खेलकुद

बीमाबारे मिसनको धारणा नआउँदै जस लिने दिनेको होडबाजी

palpasamachar by palpasamachar
August 3, 2023
in शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार
0
बीमाबारे मिसनको धारणा नआउँदै जस लिने दिनेको होडबाजी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यज्ञमूर्ति तिमिल्सिना । पाल्पा

युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन बापतको रकम समयमा भुक्तानी नपाएको, बोर्डको कम मुल्यांकनका कारण अस्पताल अप्ठेरोमा परेको लगायतका विषयहरुलाई अगाडि सार्दै यही साउन २१ गते देखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय सार्वजनिक गरेको थियो । यो निर्णय सार्वजनिक भएपछि जिल्ला स्तरमा बहसको बिषय बन्यो । सबैले चासो दिए । गरिव तथा बिपन्न नागरिकहरुको सहुलियतका लागि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमले पैसाको अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था सृजना भएन ।

युनाइटेड मिसन अस्पतालले कहिलेसम्म यही स्वरुपमा स्वास्थ्य बीमालाई निरन्तरता दिन्छ ? दीगो समाधानको उपाय के हो ? लगायतका विषयमा छलफल नै भएको छैन । यसअघि पनि यहाँ समस्या भएको थियो । केही महिना अघि केही समयसम्म हालकै स्वरुपमा चलिरहेको बीमालाई मिसनले परिमार्जन गरि केही रकम बिरामीसँग उठाउने गरेको थियो । बोर्डको अनुगमन र निर्देशनपछि मिसनले बाध्य भएर हालको स्वरुपमा बीमा सञ्चालन गरेको हो ।

फेसबुकमा जस लिने दिनेको होडबाजी
सत्य यही हो । जिल्ला स्थित राजनीतिक दलहरुको यो विषयमा ध्यानाकर्षण भयो । उनीहरुले ध्यानाकर्षणपत्र निकाले । यही बखत अघिल्लो वर्ष बिरामीहरुको उपचारवापत आवश्यकताभन्दा बढी रकम बोर्डमा दावी गरेकै कारण सरकारी बजेटबाटै स्थगनमा परेको लुम्बिनी मेडिकल कलेजलाई पनि आशाको किरण देखान भ्याए । बीमा बन्द भएपछि बिरामी ठप्प भएको लुम्बिनी मेडिकल कलेज हौसियो पनि ।

बिहीवार जिल्ला स्थित राजनीतिक दलका नेताहरुदेखि सामान्य नागरिकसम्मले युनाइटेड मिसन अस्पतालले पुनः स्वास्थ्य बीमा सुचारु गर्न लागेको विषयमा खुशी साटेका छन् । यो समग्र पाल्पाली नागरिकहरुका लागि खुशी विषय हो । मिसनमा स्वास्थ्य बीमा बन्द हुँदा यहाँ उपचार गराइरहेका गरिव तथा बिपन्न नागरिक सबैभन्दा समस्यामा पर्छन् । फेसबुकमा यही बाहनामा आफू निकट दल, नेता, कर्मचारी, जनप्रतिनिधिलाई धन्यवादको ओइरो नै लागेको छ । यहाँ कसले के लेखे भन्ने विषयमा हामीले बिश्लेषण गर्ने प्रयास गरेका छौं । जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरुको फेसबुक वाललाई हामीले प्रतिनिधि मुलक रुपमा लिएका छौं ।

नेकपा एमालेः यो समाचार तयार पार्दासम्म नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरेले आफ्नो फेसबुक वालमा यो बिषयमा केही पनि लेख्नुभएको छैन । यद्यपी एमालेले स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने भन्ने समाचार आएलगत्तै बिज्ञप्ति निकालेको थियो । अन्य दलहरुले पनि बिज्ञप्ति जारी गरेका थिए ।
नेपाली कांग्रेसः नेपाली कांग्रेस पाल्पाका कार्यबाहक सभापति झपेन्द्र गहिरेले पनि यो विषयमा कुनै प्रतिक्रिया आफ्नो वालमा राख्नुभएको छैन ।
नेकपा माओवादी केन्द्रः नेकपा माओवादी केन्द्र पाल्पाका अध्यक्ष राजेन्द्र बिकले आफ्नो फेसबुक वालमा लेख्नुभएको छः पाल्पावासीहरूको गुनासोलाई ध्यानमा राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको बिशेष निर्देशनमा पाल्पाको मिशन अस्पतालमा स्थगित हुने भनिएको स्वास्थ्य बिमा कार्यक्रम सुचारू हुने भएको छ । यो सुचना प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ । बिशेष आभार तथा कृतज्ञता ।

राष्ट्रिय जनमोर्चाः राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामीले यो विषयमा सुरुवातकै समयदेखि आफ्नो फेसबुकमा लेखिरहनुभएको छ । उहाँले आज लेख्नुभएको छः अन्तत हामी पाल्पाका राजनितिक दलहरुको निरन्तर प्रयास,पहलकदमी सफल भएको छ । पाल्पा स्थित मिसन अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने सहमति भएको छ । यो सफलताका लागि पाल्पाका हामी कृयाशिल दलहरु,माननीय ठाकुर गहिरे,नारायण आचार्य, सोम प्रसाद पाण्डे ,वीर ब राना,प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय पाल्पा,तानसेन नगरपालिका लगायत सबै प्रती धन्यवाद तथा आभार ब्यक्त गर्दछौ । त्यस्तै राष्टिय स्वतन्त्र पार्टीका सचिव सुमन गैरेले यो कार्यका लागि हामी सबैलाई बधाई भन्दै अन्य नेता तथा ब्यक्तिका स्टाटसहरुमा कमेन्ट गरिरहनुभएको छ ।

भएको के हो ?

नेपाली हेल्थ अनलाइनका अनुसार बिहीबार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा भएको छलफल पछि बीमा कार्यक्रम स्थगित गर्ने निर्णयबाट मिसन अस्पताल पछि हटेको हो । छलफलमा बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला, मिसन अस्पतालका निर्देशक डा रचेल कारख, र सांसदद्धय नारायणप्रसाद आचार्य र ठाकुर गैरे सहभागी हुनुहुन्थ्यो
बैठकमा अस्पताल निर्देशक डा कारखले बीमा कार्यक्रम स्थगित गर्नु पर्ने कारणबारे बताउनुभएको थियो । उहाँले बीमा कार्यक्रमको भुक्तानीमा समस्या र दर रेट निकै न्युन भएको गुनासो गर्नुभएको थियो । त्यसमा बोर्डका तर्फबाट डा बसौलाले केही प्राविधिक विषय रहेको भन्दै छिटै टुंगोमा पुग्ने बताउनुभएको थियो । बैठक पछि बोल्दै सांसद आचार्यले मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम २१ साउन पछि पनि निरन्तर चल्ने बताउनुभयो । उहाँले नमिलेका कतिपय कुराहरुलाई द्धिपक्षीय रुपमा छलफल गरी अघि बढने निर्णय भएको बताउनुभयो ।

अर्का सांसद ठाकुर गैरेले अस्पतालको मुख्य समस्या देखिएको बक्यौँता रकम तत्काल फरफारक गरी भुक्तानी गर्ने र सुविधाको दर रेटको सम्वन्धमा वीमा बोर्डले काम गरिरहेकोले छिटै त्यो पनि टुंगोमा पुग्ने बताउनुभयो । १२ करोड जति बक्यौता रहेको भन्ने बुझियो, ‘त्यो सिस्टम अनुसार केही नमिलेर रोकिएको भन्ने पनि थाहा भयो । यसलाई बोर्ड र अस्पताल मिलेर तत्काल टुंग्याउने र निकासा गर्ने भन्ने कुरा भएको छ । सुविधाको दर रेटका विषयमा पनि बोर्ड आफैले गृहकार्य गरेकोले त्यसलाई फर्खिने कुरा भयो,’ उहाँले भन्नुभयो ।

बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलाले मिसन अस्पतालमा देखा परेको समस्याहरुलाई फुकाउँदै जाने र बीमा सेवा कार्यक्रमलाई निरन्तरता दिने सहमति भएको बताउनुभयो । उहाँले ५ करोड रकम असारमा भुक्तानी गरेको र बाँकी केही रकम हिसाव सिस्टममा नआएका कारण रोकिएको हो भन्दै भदौको पहिलो सातासम्ममा क्लियर हुने बताउनुभयो ।

टिमसँग छलफल नगरी निर्णय हुँदैनः डा. रचेल
उक्त छलफलमा सहभागी युनाइटेड मिसन अस्पतालकी निर्देशक डा रचेल कारखले भने बीमा कार्यक्रम निरन्तरता दिने विषयमा छलफल भएको बताउनुभयो । उहाँले कार्यक्रमलाई निरन्तरता दिने वा नदिने विषयमा अहिले नै आफू नबोल्ने स्पष्ट पार्नुभयो । ‘आज छलफल भयो, यो कुरा मैले मेरो टिमसंग सेयर गर्नुपर्छ, त्यसपछि मात्रै के गर्ने भन्ने निर्णय हुन्छ । अहिल्यै बीमा कार्यक्रमका विषयमा म बोल्न चाहन्न’ उहाँले भन्नुभयो । यसबारे युनाइटेड मिसन अस्पतालले यो समाचार तयार पार्दासम्म कुनै निर्णय सार्वजनिक गरेको छैन ।

Previous Post

यम्घाका वडाध्यक्षलाई २ लाख १० हजार रुपैयाँ जरिवाना

Next Post

अस्पतालको माग पूरा भएको छैनः मिसन अस्पताल

palpasamachar

palpasamachar

Next Post
अस्पतालको माग पूरा भएको छैनः मिसन अस्पताल

अस्पतालको माग पूरा भएको छैनः मिसन अस्पताल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
बगनासकालीमा अभिभावक बिहीन बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

बगनासकालीमा अभिभावक बिहीन बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

May 9, 2025
पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क,  पर्यटक र सर्वसाधारण हैरान

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क, पर्यटक र सर्वसाधारण हैरान

May 7, 2025
यान्त्रिकरणमा तिनाउको बिशेष जोड

यान्त्रिकरणमा तिनाउको बिशेष जोड

May 6, 2025
पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

May 6, 2025

Recent News

बगनासकालीमा अभिभावक बिहीन बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

बगनासकालीमा अभिभावक बिहीन बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

May 9, 2025
पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क,  पर्यटक र सर्वसाधारण हैरान

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क, पर्यटक र सर्वसाधारण हैरान

May 7, 2025
यान्त्रिकरणमा तिनाउको बिशेष जोड

यान्त्रिकरणमा तिनाउको बिशेष जोड

May 6, 2025
पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

May 6, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version