यस्तो छ पाल्पा भगवती जात्राको जान्नैपर्ने गौरवपूर्ण इतिहास

0
369
पाल्पा । बीरताको प्रतिकको रूपमा रहेको रणउजीरेश्वरी भगवतीको रथयात्रा बिहीवार तानसेनमा निकालिदैछ ।  यस क्षेत्रमा भगवती जात्राको रुपमा परिचित रथयात्रालाई बिजयको खुशीयालीको सम्झनामा निकालिने भएकोले अबिर जात्राको रुपमा चिनिन्छ ।
नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्णजन्माष्टमीको अर्को दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथजात्रा निकाल्ने प्रचलन रहँदै आएको छ । विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा यस वर्ष २ सय ३ वर्ष संस्करणकोको रुपमा यस वर्षको भगवती जात्रा निकालिदैछ ।  तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्ब र जात्राको रुपमा परिचित भएको छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै अहिले सम्म बिजय जात्राको रुपमा संचालन गरिदै आइएको हो ।
अंग्रेज सँगको युद्धमा जानु अघि तत्कालीन प्रशासक उजिर सिंह थापाले आफूले युद्धमा विजयी प्राप्त गरेमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय जात्रा संचालन गरेर भगवतीको महिमा फैलाउने भाकल गरेको इतिहासमा उल्लेख छ  राष्ट्रको जित भएको अबसरमा यस जात्रालाई राष्ट्रिय जात्राको रुपमा पनि लिइन्छ ।
लडाइ चलिरहेको समयमै अमर सिंह थापाको मृत्यु भएपछि गोर्खाली प्रशासकको रुपमा पाल्पामा उजिर सिंह थापा नियुक्त भएका थिए । थापाले अग्रेज संगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा बिजय हासिल गरेको स्वरुप पाल्पामा भगवती जात्रा मनाउन थालिएको किंम्वदन्तीमा उल्लेख छ ।  जात्राको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार महर्जनले बताउनुभयो । रथको मर्मत गर्नुका साथै मन्दिर सजावट गर्ने काम सम्पन्न भएको छ । ९ वटा उपसमिति गठन गरेर जिम्मेवारी बाडफाड गरि जिम्मेवारी अनुसार  उपसमितिका सदस्यले काम गरिरहेको उहाले बताउनुभयो ।
जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत  रथी सरोजप्रताप राणाको पनि उपस्थिति रहने बताइएको छ । साइतअनुसार बिहिबार दिउँसो सवा १२ बजेदेखि साढे १२ बजेसम्म भगवतीको रथ उठाइने उहाँले बताउनुभयो । रथलाई तानसेन बजार परिक्रमा गराइनेछ ।
भगवती जात्रा निकालिने दिन बिहीबार पाल्पामा सार्वजनिक विदा दिइएको छ । प्रदेश सरकारले सोमबार विज्ञप्ती जारी गरी बिदा रहेको जनाएको छ । पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, रूपन्देही अर्घाखाँची, काठमाडौं, पोखरा लगायताका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । जात्राको व्यवस्थापन गर्न आवश्यक तयारी गरेका छौं। दर्शनार्थीको सुरक्षा लागि प्रहरी, स्वयंसेवक परिचालन गरिने र जात्रामा सहभागीका लागि ठाउँठाउँमा खानेपानीको समेत व्यवस्था मिलाएको अध्यक्ष महर्जनले बताउनुभयो ।
भगवती जात्राका लागि करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग मागेर खर्चको व्यवस्थापन गरिने महर्जनले बताउनुभयो । फाइल तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here