बगनासकालीमा बृहत कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न

0
391

पाल्पा । बगनासकाली गाउँपालिका स्तरीय बृहत कृषि प्रदर्शनी कार्यक्रम बगनासकाली गाउँपालिकामा सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष सरस्वती दलामी चिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कालिगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष एवम् गाउँपालिका महासंघका महासचिव खिम बहादुर थापाले यसप्रकारको कृषि प्रर्दशनी र उत्कृष्ट किसानहरुको छनौट तथा सम्मानले किसानहरुमा उत्साह बढ्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले कृषिमा ब्यवसायिककरण आवश्यक रहेको बताउनुहुँदै स्थानीय सरकारले किसान र उनीहरुको समस्या समाधानमा सहयोगीको भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा कालीगण्डकी गाउँपालिका स्याङ्जाकी उपाध्यक्ष साबित्रा कोइराला, बगानसकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद बस्याल, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठक ज्यू, प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्साल, गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापा सहित कार्यपालिका सदस्यहरु, गाउँसभाका सदस्यज्यूहरु, महिला संजाल उपसंयोजक, यूवा तथा खेलकुद समिति उपसंयोजक, आदिवासी जनजाती समन्वय समितिका सदस्य, कृषि ज्ञान केन्द्रका प्रमुख, कालीगण्डकी गाउँपालिकाका कृषि शाखा प्रमुख, गाउँपालिकाका कृषि शाखा प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुख, पत्रकार, ९ वटै वडाका किसानहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न ६ विधाका कृषि उपजसहित १ सय २६ जना कषक सहभागी रहेको कार्यक्रममा उत्कृष्ट हुनेलाई पालिकाले पुरस्कार, प्रमाण पत्रसहित सम्मान गरेको थियो । कार्यक्रममा सहभागी अतिथिहरूले किसानले उत्पादन गरेका स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न मेलामा प्रतियोगितात्मक कृषि प्रर्दशनले विशेष भूमिका खेल्नेमा जोड दिनुभएको थियो । कृषि उत्पादन बढाउन, कृषकलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्नको लागि यस मेलाले कृषकमा उत्साह थपिएको पालिकाले जनाएको छ । मेलामा १ सय २६ जना किसानले कृषि सामाग्री प्रदर्शन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here