• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home बिचार

निर्वाह भत्ताले अपाङ्गता भएकाहरू खुशी

palpasamachar by palpasamachar
February 3, 2024
in बिचार, शीर्ष समाचार
0
बोटे जातिका ज्युँदो इतिहास दैलातुङका गजवीर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यज्ञमूर्ति तिमिल्सिना
२५ वर्ष अघिसम्म बगनासकाली–६ यम्घा दर्पुकका ६१ वर्षीय बलिराज बोटे सजिलै हिडुडुल गर्न सक्नुहन्थ्यो । बलिराजले गाउँमै अर्काको भारी बोकेर परिवारको गुजारा चलाउनुभएको थियो । त्यसैबेलै उहाँको खुट्टामा काडा बिझ्यो । त्यो काडा त उहाँले आफै निकालेर फाल्नुभयो तर खुट्टाको घाउ पाक्यो । पछि उपचारको क्रममा थप घाउ बल्झन सक्ने भन्दै उहाँको दाइने खुट्टाको पैताला काटियो ।

पैताला काटिएपछि बलिराजको दैनिकी कष्टकर भयो । काम गरेर खान सक्ने अवस्था रहेन । बलिराज अहिले सहज रुपमा हिड्डुल गर्न सक्नुहुन्न । यता उति हिड्डुल गर्दा पनि लत्रेरै यात्रा गर्नुपर्छ । दुर्पुक गएका बेला बलिराजलाई प्रत्यक्ष भेटी यसअघि पंक्तिकारले बलिराजले अपाङ्गता परिचय पत्र नपाएको विषय सञ्चारमाध्यममा उठान गरेको थिए । समाचार प्रकाशन प्रसारण भएपछि ५ वर्ष अघि मात्रै उहाँको अपाङ्गता परिचय बनेको थियो । सरकारी व्यवस्था अनुसार रातो र निलो अपाङ्गता भएका ब्यक्तिले मात्रै नियमित मासिक भत्ता पाउँछन् । अपाङ्गता परिचयपत्र बनेपछि बलिराजमा आफूले पनि भत्ता पाउने आशा जागेको थियो तर उहाँसँग पहेलो अपाङ्गता परिचयपत्र भएका कारण भत्ता पाउने अवस्था रहेन ।

आर्थिक वर्ष २०७९,०८० को सुरुवातबाटै बगनासकाली गाउँपालिकाले पहेलो र सेतो अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि अपाङ्गता निर्वाह भत्ताको ब्यवस्था गरेपछि बलिराजले पनि मासिक ५ सय रुपैयाँ पाउन थाल्नुभएको छ । “दुःख पाएर लत्रेर हिड्ने मेरा लागि गाउँपालिकाबाट पाउने महिनाको ५ सय भत्ता पाउँदा पनि धेरै कुरामा सहज भएको छ । बलिराजले भन्नुभयो ।

दर्पुककै ४५ वर्षीय खुम बहादुर बोटेसँग पनि पहेलो रङको अपाङगता परिचयपत्र छ । उहाँले आफू जस्ता अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि भत्ताको ब्यवस्था गरेकोमा गाउँपालिकालाई धन्यवाद दिनुभयो । मेरो घुँडा र ढाड सम्बन्धी समस्या छ । थोरै भएपनि सरकारले हामी अपाङ्गता भएका ब्यक्तिहरुलाई गाउँपालिकाले सम्बोधन गरेको छ । यो हाम्रा पनि खुशीको कुरा हो । उहाँले भन्नुभयो ।

बराङ्दीका ३४ वर्षीय धनपति पाण्डेसँग पनि पहेलो रङको अपाङ्गता परिचयपत्र छ । गाउँपालिकाले आफू र आफू जस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्बोधन गर्नु राम्रो बिषय भएको उहाँले बताउनुभयो । पालिकाको उक्त निर्णयपछि आफूहरुको अभिभावकको रुपमा गाउँपालिका रहेको अनुभुत भएको उहाँको भनाई छ । राज्यले गर्न नसकेको बिषय स्थानीय सरकारले सम्बोधन गरेको छ । यो राम्रो विषय हो । उहाँले भन्नुभयो । “निर्वाह भत्तासँगै अपाङ्गता अवस्था अनुसार नियमित बिद्यालय नगएकाहरुलाई अरु ब्यवहारिक सीपहरूका तालिम सञ्चालन गर्न सके अझ धेरै प्रभावकारी हुने थियो ।” उहाँले भन्नुभयो । पसल ब्यवसाय गर्न चाहने अपाङ्गता भएका ब्यक्तिहरुका लागि दर्ता तथा करमा सहुलियतको व्यवस्था गर्न सके अझ प्रभावकारी हुने थियो । उहाँले भन्नुभयो ।

यम्घा भुटुकेकी धनी लामिछानेसँग पनि पहेलो अपाङ्गता परिचयपत्र छ । जन्मदै दाइने हात गुमाउनुभएकी लामिछाने अव व्यवस्थापनमा स्नातक अध्ययनको तयारीमा हुनुहुन्छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई गाउँपालिकाले गरेको सम्बोधन सराहनीय रहेको उहाँले बताउनुभयो । “अपाङ्गता भएका ब्यक्तिहरूसँग पनि क्षमता छ उनीहरुलाई क्षमता अनुसारको सीप सिकाउन सके दैनिकी सहज बन्न सक्छ । यसमा पनि गाउँपालिकाले ध्यान दिनुपर्छ ।” उहाँले भन्नुभयो ।
बगनासकाली गाउँपालिकामा सरस्वती चिदीको नेतृत्व निर्वाचित भएपश्चात अपाङ्गता भएका ब्यक्तिहरुलाई केही न केही रुपमा सहज होस् भन्ने उद्देश्यले गरिएको निर्णयबाट लाभग्राहीहरु खुशी भएका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७९,०८० को सुरुबाटै भत्ता वितरण सुरू गरेको हो । गाउँपालिका अध्यक्ष सरस्वती चिदीले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारको संरक्षण र कार्यान्वयनका लागि गाउँपालिका लागिपरेको बताउनुभयो ।

गाउँपालिकाले सानो सहयोग गर्दा पनि अपाङ्गता भएका ब्यक्तिहरुमा स्थानीय सरकारप्रतिको अपनत्व बढेको छ । उहाँले भन्नुभयो । “सुरुवातको समयमा रकम सानो भएपनि स्थानीय सरकारले अपाङ्गता भएका ब्यक्तिहरुको अभिभावकत्व ग्रहण गर्न थालेको छ ।” उहाँले भन्नुभयो । पहेलो र सेतो अपाङ्गता परिचयपत्र बाहक ब्यक्तिहरुको नाममा नेपाल बैंकमा रहेको खातामा हरेक ६, ६ महिनामा रकम जम्मा हुन्छ । उनीहरुले वडाबाटै हुने शिविरमा पुगेर भत्ता निकाल्ने ब्यवस्था पनि मिलाइएको छ ।

बगनासकाली गाउँपालिकामा रातो परिचयपत्र भएका ६४ जना अपाङ्गता भएका ब्यक्ति छन् । उनीहरुले मासिक ३ हजार ९ सय ९० रुपैयाँ भत्ता पाउँदै आएका छन् । त्यस्तै निलो परिचयपत्र भएका १ सय ४१ जनाले मासिक २ हजार १ सय २८ रुपैयाँ मासिक भत्ता पाउँदै आएका छन् । त्यस्तै पहेलो र सेतो अपाङ्गता परिचयपत्र भएकाहरुलाई गाउँपालिकाले आफ्नै स्रोतबाट मासिक निर्वाह भत्ता वितरण गर्दै आएको छ । जस अन्तरगत बगनासकालीमा पहेलो अपाङ्गता परिचयपत्र भएका १ सय ३३ जना रहेका छन् र सेतो अपाङ्गता परिचयपत्र भएका ७७ जना रहेका छन् । गत आर्थिक वर्षबाट सुरु भएको पहेलो र सेतो परिचयपत्र भएका ब्यक्तिहरुलाई बितराण् गरिने अपाङ्गता भत्ता पाउनका लागि १ सय ६ जनाले निवेदन दिएका थिए । निवेदन दिएका १ सय ६ जनाले नै भत्ता पाउदै आएका छन् । कतिपय अपाङ्गता परिचय भएर पनि सरकारी जागिरमा रहेका, जिल्ला बाहिर रहेकाहरुले निवेदन दिएका छैनन् । कतिपय सामाजिक सुरक्षा भत्ता लिने उमेर पुगेकाहरुले सामाजिक सुरक्षा भत्ता लिएका कारण अपाङ्गता निर्वाह भत्ताका लागि निवेदन दिएनन् । बाँकी छुट भएका ब्यक्तिहरुले पालिकामा परिचयपत्र सहित निवेदन दिन प्रक्रिया बढ्ने अध्यक्ष चिदीले बताउनुभयो ।
अझै समस्यामा छन् अपाङ्गता भएका बालबालिका

बगनासकाली गाउँपालिका बालमैत्री पालिका घोषणा भएपनि यहाँ अपाङ्गता भएका बालबालिकाहरुको शैक्षिक अधिकारको पूर्ण कार्यान्वयन हुन सकेको छैन । जन्मजात वा जन्मेपछि बिभिन्न कारणले अपांगता भएका कतिपय बालबालिकाहरू उचित स्वास्थ्योपचार र शिक्षाको अभावमा आँगन र पिढीमै सिमित भएका छन् ।

नेपालको संविधान २०७२ मा मौलिक हक अन्र्तगत धारा ३१ मा शिक्षाको हक, धारा ३५ मा स्वास्थ्यको हक, र धारा ३९ मा बालबालिकाको हक रहेपनि उनीहरुले यी कुनै पनि हकको राम्रो गरि उपयोग गर्न पाएका छैनन् ।

धारा ३१ को शिक्षाको हक अन्र्तगत अपांगता भएका र आर्थिक रुपले बिपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क उच्च शिक्षा पाउने हक सुनिश्चित गरिएको छ त्यस्तै दृष्टिबिहीन नागरिकलाई बे्रललिपि तथा बहिरा र स्वर बोलाई सम्बन्धी अपांगता भएका भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानुन बमोजिम निःशुल्क शिक्षा पाउने हकको सुनिश्चत गरिएको छ । बगनासकाली गाउँपालिकामा अपाङ्गता भएका बालबालिकाहरुलाई लक्षित गरी कुनै पनि बिद्यालय सञ्चालनमा छैन । त्यस्तै नियमित फिजियोथेरापी गराउनुपर्ने बालबालिकाहरुका लागि पनि गाउँपालिका स्तरमा कुनै व्यवस्था छैन । जसका कारण उनीहरुको दैनिकी आँगन पिढीमा बित्ने गरेको छ । गाउँपालिका अध्यक्ष चिदीले क्रमशः अपाङ्गता भएका बालबालिका र ब्यक्तिहरुको सहजताका लागि गाउँपालिकाले योजना बनाई काम गर्ने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले अपाङ्गता भएका बालबालिकाहरुको अधिकारको सुनिश्चित गर्ने प्रमुख दायित्व स्थानीय सरकारको रहेको बताउनुभयो । उहाँले पालिका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुको उमेरगत तथ्यांक बिश्लेषण गरी सकिन्छ भने २ स्थानमा र तत्काल सम्भव भएन भने १ स्थानमा भएपनि निःशुल्क फिजियोथेरापी केन्द्र सुरुवात गर्न सकिने बताउनुभयो । “पालिका केन्द्र नजिकै १५ शैयाको अस्पताल पनि बनिरहेको छ, त्यही अस्पतालमा फिजियोथेरापी ब्यवस्था गर्न सकिन्छ ।” उहाँले भन्नुभयो ।

 

 

 

Previous Post

तानसेनमा जहाँ मार्किङ त्यहाँ पार्किङ अभियान

Next Post

बगनासकालीमा बृहत कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न

palpasamachar

palpasamachar

Next Post
बगनासकालीमा बृहत कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न

बगनासकालीमा बृहत कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025

Recent News

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version