फागुन १९ देखि २९ गतेसम्म तानसेनमा महोत्सव हुँदै

0
529

पाल्पा । तानसेनको टुँडिखेल मैदानमा फागुनको तेस्रो साता महोत्सव सञ्चालन हुने भएको छ । यही फागुन १९ देखि २९ गतेसम्म तानसेन महोत्सव सञ्चालन हुने बारे आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

तानसेन नगरपालिकाको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो । यस वर्ष तानसेन नगरपालिका आफैले यसप्रकारको महोत्सव गर्न लागेको हो । नगरपालिकाको आयोजनामा कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापार महोत्सव गर्न लागिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । महोत्सवमा पाल्पा र नगरभित्र उत्पादित कृषि तथा घरेलु उद्योगका मात्रै ५० स्टल सहित ३ सय वटा स्टल महोत्सवमा रहने उहाँले बताउनुभयो ।

महोत्सवबाट तानसेन नगरपालिकाको आन्तरिक राजश्वमा बृद्धि हुनुका साथै यहाँको पर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने बिश्वास लिइएको उहाँले बताउनुभयो । विगतमा विभिन्न संघसंस्थासँगको सहकार्यमा नगरपालिकाले महोत्सव गरेकोमा यो वर्ष नगरपालिकाले पहिलो पटक आफैँ महोत्सव गर्न लागेको नगरका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, स्थानीय स्तरमन कलाकारहरुको नृत्य प्रतियोगिता, झाँकी प्रतियोगिता हुने उहाँले बताउनुभयो । महोत्सवबाट ६१ लाख बढी बचत गर्ने नगरपालिकाको योजना रहेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।

नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता र प्रेस सल्लाहकार मुक्ति प्रसाद न्यौपानेको संचालनमा कार्यक्रम चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here