• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 16, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

स्वास्थ्य क्षेत्रमा पुर्वखोलाको बेग्लै सोंच र अभियान

palpasamachar by palpasamachar
March 5, 2024
in अन्य, शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार, स्थानीय समाचार
0
स्वास्थ्य क्षेत्रमा पुर्वखोलाको बेग्लै सोंच र अभियान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । पुर्वखोला गाउँपालिकाले आफ्नो पालिका अन्तरगतका नागरिकहरुको सहज स्वास्थ्य सेवाका लागि उचित योजना सहित कार्यान्वयन गर्दै आएको छ । स्वास्थ्य शाखा मार्फत स्थानीय स्वास्थ्य चौकी र समुदाय स्तरसम्म स्वास्थ्य सेवाका कार्यक्रमहरुलाई अगाडि बढाएको गाउँपालिका गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनुभयो । गाउँपालिका लक्षित समुदायसम्म पहुँच पुग्ने स्वास्थ्य कार्यक्रम संचालन गर्दै आएको छ ।

निःशुल्क आँखा शिविरबाट १०३८ जनाले सेवा लिए
गाउँपालिकाले यही फागुन ११ गतेदेखि १७ गतेसम्म गाउँपालिका भित्रका ६ वटा वडामै पुगेर निःशुल्क आँखा शिविर सञ्चाल ग¥यो । पुर्वखोला गाउँपालिकाको आयोजना र लायन्स लाकौल आँखा अस्पताल तानसेन पाल्पाको प्राविधिक सहयोगमा भएको शिविरबाट वडा नं. १ मा १ सय ९३, वडा नं. २ मा १७०, वडा नं. ३ मा २७५, वडा नं. ४ मा ११४, वडा नं. ५ मा १९३ र वडा नं. ६ मा ९३ जना गरी जम्मा १०३८ जना नागरिकहरुले आँखा जाँच गराएका थिए । त्यस्तै वडा नं. १ मा २१ जना, वडा नं. २ मा १३ जना, वडा नं. ३ मा ९ जना, वडा नं. ४ मा १२ जना, वडा नं. ५ मा १५ जना र वडा नं. ६ मा ११ जना गरी ८२ जना नागरिकहरुको मोतियाबिन्दुको अपरेशन गर्नुपर्ने देखिएको थियो । जसमध्ये फागुन १९ र २० गते पुर्वखोलामै पुगेर डा. सुचन कुमार पुनको नेतृत्वमा रहेको टोलीले ६४ जनाको मोतियाबिन्दुको अपरेशन गरेको र बाँकी बिरामीहरुले आफूलाई सहज हुने स्थानमा गएर अपरेशन गराउनुभएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो । शिविरमा परीक्षण औषधी र शल्यक्रिया निःशुल्क रुपमा रहेको र सबै खर्च प्रवन्ध गाउँपालिकाले गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले समुदाय स्तरमा रहेका बिरामीहरु सदरमुकाम वा अन्य अस्पतालमा परीक्षण र उपचार गराउन जान टाढा हुने भएकोले रोग लुकाएर वा नजचाएर बस्ने अवस्था रहने भन्दै पालिका र वडा स्तरमै बिभिन्न खालका शिविर संचालन गर्दै आएको छ । पालिका भित्रका ५ वटा वडामा महिलाको पाठेघरको क्यान्सर र महिलाको स्वास्थ्य परीक्षण शिविर संचालन भइसकेको र बाँकी रहेको वडा रिङनेरहमा पनि छिटै यो शिविर संचालन हुने बताइएको छ । आगामी दिनमा पनि समुदायको माग अनुसार शिविर संचालन गर्दै जाने प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताउनुभयो । छिटै गाउँपालिका स्तरीय मुटुरोग सम्बन्धी शिविर संचालनको तयारी गरिएको छ ।

जिल्लामै नमुना कार्यक्रम
स्वास्थ्य क्षेत्रमा पुर्वखोला गाउँपालिकाको बेग्लै पहिचान छ । यो पालिकामा सुरुवातको समयदेखि नै नमुना कार्यक्रम संचालन हुँदै आएको छ । सबै वडाहरुमा बर्थिङ सेन्टर संचालन गर्ने पुर्वखोला जिल्लामै पहिलो गाउँपालिका हो । पुर्वखोलामा अघिल्लो वर्षदेखि नै सुरु भएको ४० वर्ष उमेर समूह माथिका ब्यक्तिहरुमा मधुमेह र उच्चरक्तचाप सम्बन्धी स्क्रिनिङ कार्यक्रम जिल्लाकै नौलो कार्यक्रम हो । यो कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइने शाखा प्रमुख ढकालले बताउनुभयो । समुदाय स्तरमा बढ्दो रुपमा रहेको नसर्ने रोगको न्यूनीकरणका लागि यो कार्यक्रम प्रभावकारी हुने बिश्वास गाउँपालिकाले लिएको छ । त्यस्तै टिबी (क्षयरोगका बिरामीको खोजपड्ताल) को स्क्रिनिङ कार्यक्रमलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । यो कार्यक्रमलाई समुदाय स्तरसम्म पुग्ने गाउँघर क्लिनिकसम्म पनि पु¥याउने योजना रहेको ढकालले बताउनुभयो ।

यो गाउँपालिकाले वडा स्तरसम्म पनि बर्थिङ सेन्टरको ब्यवस्था गरेपछि घरमा सुत्केरी हुने महिलाहरुको संख्या सुन्य भएको छ । २०७५ सालदेखि नै पालिकाभित्रका कोही पनि महिला घरमा सुत्केरी नभएको र केही समयमै यो गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी सुनिश्चित गाउँपालिका घोषणा गर्ने तयारी रहेको र यसको सम्पूर्ण प्रक्रिया पूरा भएको ढकालले बताउनुभयो । गाउँपालिकाले नियमित गर्भ जचाउने गर्भवतीहरुलाई अण्डा उपलब्ध गराउँदै आएको छ । त्यस्तै सुत्केरी गराउन ल्याउने सहयोगीलाई ५ सय र सुत्केरी महिलालाई ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । त्यस्तै रेफर गर्नुपर्ने अवस्था आएमा गर्भवती महिलालाई एम्बुलेन्स भाडा समेत पालिकाबाट उपलब्ध गराउदै आएको छ । त्यस्तै सुत्केरीलाई खानाको ब्यवस्था पनि गरिएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत जेष्ठ नागरिकको घरदैलोमा पुगी स्वास्थ्य परीक्षण तथा औषधी बितरण कार्यक्रम पुर्वखोला गाउँपालिकाले प्रदेशमै पहिलोपटक सूरु गरेको थियो । यो वर्ष पनि उक्त कार्यक्रमले निरन्तरता पाउने बताइएको छ ।

पुर्वखोला गाउँपालिकाको बीरकोटमा निर्माणाधिन १५ शैयाको अस्पताल निर्माण कार्य झण्डै ७० प्रतिशत सम्पन्न भएको छ । यो अस्पताल निर्माण सम्पन्न भएपश्चात बीरकोट स्वास्थ्य चौकीलाई समेत सोही अस्पतालमा स्थानान्तरण गरी थप गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनुभयो ।

Previous Post

एमाले बगनासकालीको अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न

Next Post

तानसेनको शिक्षा सुधारका लागि अखिल क्रान्तिकारी पाल्पाले बुझायो मागपत्र

palpasamachar

palpasamachar

Next Post
तानसेनको शिक्षा सुधारका लागि अखिल क्रान्तिकारी पाल्पाले बुझायो मागपत्र

तानसेनको शिक्षा सुधारका लागि अखिल क्रान्तिकारी पाल्पाले बुझायो मागपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

May 15, 2025
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

May 15, 2025
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version