गाउँले देउराली पत्रिकाको ३१ औं बार्षिकोत्सव सम्पन्न

0
245

पाल्पा । पाल्पाबाट हरेक शुक्रवार प्रकाशित दक्षिण एसियाकै पहिलो ग्रामीण पत्रिकाको रुपमा परिचित गाउले देउराली साप्ताहिकको ३१ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अवसरमा पत्रकारितामा आएका चुनौती र सम्भावनाका सम्बन्धमा छलफ तथा अन्तरक्रिया गरिएको छ । कार्यक्रमका अवसरमा पत्रिकाका नियमित लेखक नारायण अधिकारी र हरि भुसाललाई सम्मान गरिएको थियोे । कार्यक्रममा बरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले गाउले देउराली स्थापनाको समय र यो ३१ वर्षको उतार चढावको अवस्थालाई प्रस्तुत गर्नुभयो । पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष्ँ झपेन्द्र गहिरे, अर्का पूर्वअध्यक्ष भगवान भण्डारी, जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी टंक भण्डारी, सम्मानित ब्यक्तित्वहरू नारायण अधिकारी र हरि भुसालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय पाल्पाका प्रमुख टंकनाथ खनाल प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रम ग्रामीण विकास पाल्पाका अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, सम्पादक रामप्रसाद अर्यालको स्वागत र कार्यकारी सम्पादक रामचन्द्र नेपालको सञ्चालनमा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here