कविताः स्काउटमा युवाको भूमिका

0
341

कविता अधिकारी
उठौ जागौ युवा हो मानव सेवामा
जोस–जाँगर हुनुपर्छ हामी युवामा ।

सेवा गरे मेला मिल्छ भन्ने हाम्रो धर्म
कुसंस्कार हटाउने गरौ हाम्ले कर्म ।

आगोलागी चट्याङ अनि दुर्घटना पहिरो
युवाले नै सेवा गरे सरकार भयो बहिरो ।

भुकम्पको आपतमा कति जनता रोए
बाढी पीडितलाई नि राहत दिने तिनै युवा थिए ।

चेलीबेटी बेचविखनमा हिंसा अपराध
निर्मुल पारौ हामी युवा जागौं एकै साथ ।

जोखिमपूर्ण काममा पनि पछि छैनन् युवा यहाँ
रक्तदान नि गरेकै छन् बिरामी छन् जहाँ ।

कोरोनाको महामारीमा नि कति सहयोग भयो
प्राथमिक उपचारमा नि युवाकै भूमिका रह्यो ।

सातै बुँदामा आधारित भई गरे युवा काम
मानव सेवा धर्म भन्ने अरुले नि जान ।

दृष्टिबिहीन असहाय अनि अशक्तको सेवा
दिनरात नभनेर खटेका छन् युवा ।

युवाहरु अघि बढे देशले कोल्टे फेर्नेछ
दिन दुःखी जनताको आँशु पछ्नेछ ।

एमबिएस स्कुल तानसेन पाल्पा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here