१ वर्षभित्र सबै काठका पोल बिस्थापन गर्ने पाल्पा बिद्युतको तयारी

0
150

पाल्पा । १ वर्षभित्र आफ्नो सेवाक्षेत्र भित्रका सबै काठका पोल बिस्थापन गर्ने तयारी गरिएको बिद्युत प्राधिकरण पाल्पाले जनाएको छ ।

केन्द्रका प्रमुख दिलिप मरासेनीले गत वर्ष ७ सय बढी काठका पोल बिस्थापन गरिएको र चालु वर्षमा सबै काठका पोल बिस्थापन गर्ने तयारी गरिएको बताउनुभयो ।

प्रमुख मरासेनीले गत आर्थिक बर्षमा ३४ करोड २९ लाख ६८हजार ६९१ रुपैयाँको बिद्युत बिक्री गरिएको बताउनुभयो । त्यसमध्ये ३३ करोड ६९ लाख ३ हजार ५६३ रुपैया संकलन भएको उहाँले बताउनुभयो । पाल्पामा ४० हजार ८सय ४४ उपभोक्ता रहेका छन् ।जिल्लामा ५३ जना कालोसूचीमा रहेका ग्राहकबाट ८ लाख १३ हजार ५०० रुपैया उसुली गरिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here