पाल्पा । बगनासकाली गाउँपालिका गाउँसभाको १७ औं अधिवेशन सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षता र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालको सहजीकरण पशचात भएको अधिवेशनमा बिधेयक समितिको बार्षिक प्रतिवेदन समितिका संयोजक उमकला अर्याल, न्यायिक समितिको बार्षिक प्रतिवेदन र लेखा समितिको बार्षिक प्रतिवेदन समितिका संयोजक हरिप्रसाद पाठक, लेखा समितिको बार्षिक प्रतिबेदन समितिका संयोजक कृष्ण प्रसाद बस्याल, आर्थिक विकास समितिको बार्षिक प्रतिबेदन समितिका संयोजक खुमादेवी भट्टराइले प्रस्तुत गर्नुभयो ।
त्यस्तै सामाजिक विकास समितिको प्रतिवेदन संयोजक गीता रेग्मी, पुर्वाधार विकास समितिको प्रतिवेदन संयोजक तेज प्रसाद रसाइली, वन वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन संयोजक बोमलाल सुनार, सुशासन तथा क्षमता विकास समितिको प्रतिवेदन संयोजक बसन्ती थापाले प्रस्तुत गर्नुभयो । यी सबै प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित भएका छन् ।
त्यस्तै सभामा २ वटा बिधेयक माथि छलफल गरी पारित समेत गरिएको छ । बगनासकाली गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी बिधयेक २०८१ बिधेयक समितिका संयोजक उमकला अर्यालले प्रस्तुत गर्नुभएको थियो । उक्त बिधेयक सर्वसम्मत रुपमा पारित भएको छ । त्यस्तै बिनियोजनक बिधेयक २०८१ (बार्षिक बजेट तथा कार्यक्रम) को पहिलो संसोधन प्रस्ताव माथि छलफल गरि पारित गरिएको छ । उक्त बिधेयक बजेट ताथ कार्यक्रम तर्जुमा समितिका संयोजक हरिप्रसाद पाठकले प्रस्तुत गर्नुभएको थियो ।
सभामा सभाका सदस्यहरु टीका बहादुर थापा, यमलाल तिमिल्सिना, कृष्ण भुसाल र खड्क बहादुर गाहाले जिज्ञाशा एवम् सुझाव राख्नुभएको थियो । जिज्ञाशाको जवाफ गाउँपालिका अध्यक्ष उपाध्यक्षले दिनुभएको थियो ।
सभाकै अवसरमा गाउँपालिका अन्तरगतका उत्कृष्ट कर्मचारीहरुलाई सम्मानपत्र, दोसल्ला र नगद पुरस्कारले सम्मान गरिएको थियो । सभामा स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी, चापपानी स्वास्थ्य चौकी प्रमुख सृजना चापागाई, एमआइएस अपरेटर भोजराज भट्टराई, रोजगार संयोजक सरिता पाण्डे, वडा न ५ का वडा सचिव अमर खाम्चा, वडा नं. २ की कार्यालय सहायक सोनु खड्का, वडा नं. ८ बराङ्दीका कार्यालय सहयोगी यज्ञप्रसाद पाण्डेलाई सम्मान गरिएको
थियो ।