पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले लुम्बिनी प्रदेशका सबै जिल्लाका अस्पतालहरुमा अपरेसनद्धारा बच्चा जन्माउन सकिने अवस्था रहेको बताउनुभएको छ ।
मन्त्री सारुले मातृमृत्यु दरको अवस्था र मातृमृत्य हुने कारणको अध्ययन गरि रोकथामका लागि सबै जिल्लाका अस्पतालहरुमा अपरेसन गरेर बच्चा जन्माउन सकिने व्यवस्था मिलाएको बताउनुभएको हो । लुम्बिनी प्रदेश सभा संसदमा प्रदेशसभा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै स्वास्थ्यमन्त्री सारुले स्वास्थ्य संस्थामा सेवा लिन ढिलो पुग्ने र स्वास्थ्य संस्थामा प्रयाप्त भौतिक पुर्वाधार तथा विशेषज्ञ जनशक्ति नहुँदा मातृमृत्यु बढि भएको भन्दै त्यसलाई सुधार गरेर सबै जिल्लाका अस्पतालहरुमा अपरेसन गरेर बच्चा जन्माउन मिल्ने व्यवस्था मिलाएको बताउनुभयो ।
संसदमा बोल्दै मन्त्री सारुले यसको सुधारका लागि भौतिक पुर्वाधार र थप जनशक्ति सहित लुम्बिनी प्रादेशिक अस्पतालमा छुट्टै बर्थिङ युनिट र अपरेशन थिएटर सञ्चालन गरिएको, थप जनशक्ति सहित भेरी अस्पताल अस्पतालमा छुट्टै बर्थिङ युनिट सञ्चालन गरिएको, बार्षिक ४०० भन्दा बढि प्रसुति गराउने बर्थिङ सेण्टरहरुमा थप जनशक्ति उपलब्ध गराइएको बताउनुभयो । उहाँले स्थानिय तहमा सञ्चालित बर्थिङ सेण्टरहरुको सुदृढिकरणको लागि औजार उपकरण उपलब्ध गराइनुको साथै पुर्वधार निर्माणको लागि सहकार्य गरिएको बताउनुभयो ।
मन्त्री सारुले बालमृत्युदरको अवस्था, मृत्यहुनको कारण र रोकथामका लागि सबै अस्पतालहरुमा बालरोग विशेषज्ञको दरबन्दी सृजना गरि परिपुर्तिको लागि करार विज्ञापन गरिएको, दुर्गममा काम गर्ने विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन कार्ययक्रम सञ्चालन गरिएको, लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालको ल्क्ष्ऋग् (ल्भयलबतब िष्लतभलकष्खभ ऋबचभ ग्लष्त सेवाको क्षमता विस्तार गरिएको र जिल्ला स्थित अस्पतालहरु सम्म क्ल्ऋग् (क्उभअष्ब िल्भध द्ययचल अबचभ ग्लष्त सेवा विस्तार गरिएको बताउनुभयो ।