पाल्पा । यही फागुन २ गते तानसेन मखनटोलमा सडक खाना महोत्सव हुने भएको छ । (भ्यालेन्टाइन डे) प्रणय दिवसको दिन उक्त महोत्सवको आयोजना गरिएको हो । मखनटोल टोल विकास संस्था तानसेन ४ पाल्पाको आयोजनामा उक्त महोत्सव हुन लागेको हो ।
तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाकी अध्यक्ष ज्ञानु कार्कीले स्थानीय कला, संस्कृति प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले उक्त महोत्सवको आयोजना गरिएको बताउनुभयो ।
तानसेन ४ का वडाध्यक्ष हेमन्त राज शाक्यले खाना महोत्सव प्रवद्र्धनका लागि वडाले २ लाख रुपैंया बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले महोत्सवमा महिलाहरुले उत्पादन गरेको कुटीर तथा घरेलु उद्योगबाट बनेका सामग्रीहरु पनि विक्रीवितरण तथा प्रदर्शनी गरिने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल राज तिमिल्सेनाले आन्तरिक तथा बाह्य पर्यटनमा यो महोत्सवले टेवा पु¥याउने बताउनुभयो ।
महोत्सवमा विभिन्न जातजातिको पहिचान झल्कने भेषभुषा, गायन र नृत्यहरू, स्थानीय लाखे नाच, स्थानीय धिमे बाजा, भजन र कला केन्द्रहरुको प्रस्तुती तथा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने र ६० वटा स्टल रहने बताइएको छ । पत्रकार भेटघाट कार्यक्रम संस्थाकी अध्यक्ष ज्ञानु कार्कीको अध्यक्षता र सचिव कल्पना भट्टराईको संचालनमा चलेको थियो ।