पत्रकार समूहको रानीमहलमा हुने अधिवेशनको तयारी हुँदै

0
235

पाल्पा । बगनासकाली पत्रकार समूहको अधिवेशन पर्यटकीय क्षेत्र रानीमहलमा गर्ने समितिले निर्णय गरेसँगै तयारी अगाडि बढाइएको छ ।

यसअघि बसेको कार्य समितिको पुर्ण बैठकले पत्रकार समूहको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशन आगामी बैशाख १५ गते गर्ने निर्णय गरेको थियो । अधिवेशन रानीमहलमा गरिने र अधिवेशनले समूहको आगामी वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने समूहका सचिव बिष्णुप्रसाद घिमिरेले बताउनुभयो ।

बैठकले नेत्र गैरेको संयोजकत्वमा कार्यक्रम ब्यवस्थापन समिति ,भोजराज भट्टराईको संयोजकत्वमामा आर्थिक समिति र संगीता आचार्य को संयोजकत्वमा अतिथि सत्कार समितिको गठन गरेको छ ।

समूहका अध्यक्ष दीपक ढुंगानाका अनुसार साधारणसभा तथा अधिबेशन पर्यटकीय क्षेत्र रानीमहलमा १५ गते दिउँसो २ बजे सुरू गर्ने गरी निर्णय भएको छ र सोही बमोजिम तयारी समेत भएको छ ।