• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

चौमासिक समिक्षा सहित जनताको गुनासो सम्बोधनमा बगानसकाली

palpasamachar by palpasamachar
April 16, 2023
in शीर्ष समाचार, स्थानीय समाचार
0
चौमासिक समिक्षा सहित जनताको गुनासो सम्बोधनमा बगानसकाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । बगनासकाली गाउँपालिकाले स्थानीय समुदायको सुझाव सल्लाह बमोजिम पालिका कार्यक्रम र योजनाहरुलाई प्रभावकारी अगाडि बढाउँदै आएको छ । स्थानीय नागरिक र सरोकारवालाहरुको सुझाव सल्लाह लिने उद्देश्यले नै पालिकाले दोश्रो चौमासिकको प्रगति समिक्षा एवम् सार्वजनिक सुनुवाई गरेको छ । कार्यक्रममा सेवाग्राहीहरुले राखेका जिज्ञाशाको जवाफ दिनुहुँदै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बगनासकाली गाउँपालिकाका हरेक नागरिकले स्थानीय सरकार घरदैलोको अफ्नो सरकार हो भन्ने कुराको महसुस हुने गरि आफूहरुले काम गर्दै आएको बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा भत्ता वडाबाटै बितरण गर्ने कार्य बगनासकाली गाउँपालिकाले शुभारम्भ गरेको र यसबाट लाभग्राहीहरु खुशी हुनुभएको बताउनुभयो । ग र घ बर्गका अपांगता भएका ब्यक्तिहरुलाई पनि केही रुपमा भएपनि राहत होस् भन्नका लागि भत्ताको व्यवस्था पालिकाले गरेको छ । चिदीले भन्नुभयो । अध्यक्ष चिदीले रानीमहल क्षेत्रको जग्गा व्यवस्थित गर्न कार्य अगाडि बढाइएको, हाल देखिएको लम्फी स्किन रोगका बिरुद्ध २ सय २५ पशुको उपचार गरिएको र कृषि तथा पशु सेवाका कर्मचारी निरन्तर किसानको समस्या समाधानका लागि र सहजीकरणका लागि लागिपरेको बताउनुभयो ।

अध्यक्ष चिदीले बगनासकालीमा बसाईसराई समस्याको रुपमा रहेको उल्लेख गर्नुहुँदै जनताका बास्तविक समस्याको पहिचान गरि योजनाबद्धरुपमा बसाई सराई कम गर्ने गरि खास योजना बनाउने बताउनुभयो । उहाँले यस बर्ष आफुहरुको कार्यकालमा आर्थिक योजना निर्माण, स्थानीय सरकार संचालन सम्बन्धि कार्यविधि तथा ऐन निर्माण, प्रशासनिक भवन साथै १५ शैयाको अस्पताल निर्माणको काममा तिव्रता दिइएको बताउनुभयो । बिपन्न समुदायलाई प्रोत्साहन गर्ने कार्यक्रम र बाल विवाह न्यूनीकरणका लागि कार्यक्रम गरे पनि सोचे अनुसार नभएकोले योजनाबद्धरुपमा अगाडि बढेको उहाँको भनाई थियो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले पालिकाको भौतिक बिकासमा बस्ती देखि बस्ती सम्म जोडने, कृषिलाई व्यवसायिक बनाउने, पालिकाको आन्तरिक राजश्व बृद्धिका लागि पहल गर्ने लगायतका कामहरु भएको बताउनुभयो । उहाँले बगनासकाली गाउँपालिकालाई पारदर्शी गाउँपालिकाको रुपमा विकास गर्ने गरि नै यसरी चौमासिक रुपमा प्रगति समिक्षा र सार्वजनिक सुनुवाई गर्ने अभ्यासको शुभारम्भ गरिएको बताउनुभयो । गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले बिगतको प्रगतिको समिक्षाले आगामी दिनमा कार्य योजना बनाई अघि बढन मार्ग प्रसस्त हुने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बगनासकाली गाउँपालिकाले सूचनाको हकको कार्यान्वयन गर्दै यसप्रकारको कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा सामाजिक सुरक्षा शाखा प्रमुख भोजराज भट्टराईले सबै शाखाहरुको गत चार महिनाको कार्य प्रगति प्रस्तुत गर्नुभयो । भट्टराईले लेखा शाखाबाट हालसम्म ४९ प्रतिशत खर्च भएको जानकारी गराउनुभयो । यस्तै वडागत प्रस्तुती वडा नं. ६ का वडा सचिव युवराज पाण्डेले गर्नुभएको थियो । स्वास्थ्य शाखा, केन्द्र तथा चौकीबाट गत चौमासिकमा जनतालाई पु¥याइएका स्वास्थ्य सेवा सम्बन्धी प्रस्तुती यम्घा स्वास्थ्य चौकी प्रमुख राम प्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।

Previous Post

किसानलाई उद्यमशीलतातर्फ प्रेरित गर्दै बगनासकाली सहकारी

Next Post

पत्रकार समूहको रानीमहलमा हुने अधिवेशनको तयारी हुँदै

palpasamachar

palpasamachar

Next Post
पत्रकार समूहको रानीमहलमा हुने अधिवेशनको तयारी हुँदै

पत्रकार समूहको रानीमहलमा हुने अधिवेशनको तयारी हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025

Recent News

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version