• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

बगनासकालीको आगामी वर्षको नीति कार्यक्रम र बजेट सार्वजनिक

palpasamachar by palpasamachar
June 22, 2023
in शीर्ष समाचार
0
बगनासकालीको आगामी वर्षको नीति कार्यक्रम र बजेट सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । बगनासकाली गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०,०८१ को लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको चौधो गाउँसभाका गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकाले सबै क्षेत्रको सुझाव सल्लाह बमोजिम नीति कार्यक्रम र बजेट ल्याएको बताउनुभयो । अध्यक्ष चिदीले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा बगनासकालीले अघिल्ला वर्ष नमुना कार्यक्रमहरुलाई निरन्तरता दिने विषयलाई समेटेको छ ।

दीर्घकालीन विकासको लागि योजना कार्यान्वयन तथा अद्यावधिक गर्ने, गाउँपालिका क्षेत्रको भू–उपयोग नीति तर्जुमा गरी समुन्नत कृषि गाउँको रूपमा विकास गर्ने, पर्यटन विकासको समुचित विस्तार र प्रवद्र्धन गर्ने, गाउँ क्षेत्रभित्रका सम्भावित क्षेत्रहरूको पहिचान गरी करको दायरा फराकिलो बनाउने, सार्वजनिक सम्पत्तिको पहिचान गरी संरक्षण र सम्वद्र्धन गर्ने, सार्वजनिक, निजी, साझेदारीमा जोड दिने, शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, कला, संस्कृति र खेलकुदको विकास गर्ने, सूचना प्रविधिको विकास र विस्तार गरी सेवा प्रवाहलाई छिटो छरितो तुल्याउने, सरसफाई र वातावरण संरक्षण टेवा पु¥याउने विषय नीति कार्यक्रममा समेटेको छ ।

नीति तथा कार्यक्रममा विकासका पूर्वाधारहरूको पहँुच बिस्तार गरी बस्तीस्तरसम्म विकासका अवसरहरूको पर्याप्त उपयोग गर्ने अवस्थाको सुनिश्चितता गर्ने, सन्तुलित, समावेशी र समन्यायिक विकासको अवधारणामार्फत विभिन्न वर्ग, क्षेत्र, लिङ्ग, समुदाय र जातजातिको श्रोत साधनमा पहुँच अभिवृद्धि गर्ने, उत्पादनमूलक क्षेत्रमा ब्यवसायिकता र उद्यमशीलताको विकास एवं सामाजिक परिचालन गरि गरिवी न्यूनीकरण गर्ने, विकासको दृष्टिले पछाडि परेका वडाहरूमा प्राथमिकताका आधारमा विकास कार्यक्रमहरू पु¥याई जनताको सामाजिक आर्थिक रूपान्तरण गर्ने, स्वच्छ सुरक्षित खानेपानी, सरसफाई र स्वास्थ्य सम्वन्धी चेतनाको अभिबृद्धि गरी दीर्घकालीन लक्ष्य प्राप्तिमा टेवा पु¥याउने, विकास कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गर्दा सरोकारवालाहरू वीच समन्वय कायम गर्दै जनसहभागिता, पारदर्शिता र उत्तरदायित्व वढाई सु–शासनको प्रत्याभूति दिने, वातावरणमैत्री नीति योजना र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने, कृषि एवं पशुपालनलाई ब्यवसायिकरण गरी आय आर्जन वृद्धि गर्ने, समृद्ध, समुन्नत र श्रोत सम्पन्न आधुनिक गाउँपालिकाको रूपमा विकास गर्ने विषय पनि समावेश रहेको छ ।

नीति तथा कार्यक्रम अन्तरगत कृषि तथा पशु, सहकारी नीति, उद्यमशीलता प्रवर्धन नीति उद्योग तथा व्यापार नीति, पर्यटन नीतिमा पनि अघिल्ला वर्षहरुको तुलनामा लोकप्रिय र बजेटले समेट्न सक्ने विषयहरुलाई समेटिएको छ । स्वास्थ्य नीति अन्तरगत पनि पालिकाले वर्ष नमुना कार्यक्रमहरुलाई जोड दिएको छ । गाउँपालिका अन्तरगत स्वास्थ्य शाखामा कार्यरत नर्सलाई परिचालन गरि एक विद्यालय एक नर्सको अवधारणा अनुरुप निश्चित सामुदायिक विद्यालयमा स्वास्थ्य परीक्षण र उपचार कार्यलाई व्यवस्थित बनाउने योजना बनाउने विषय नीति कार्यक्रममा उल्लेख छ । त्यस्तै विषयहरुमा पनि पालिकाले यस वर्ष सबै क्षेत्रलाई समेत नीति कार्यक्रम ल्याएको छ ।

सभामा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले ४९ करोड ३४ लाख ६४ हजार ५ सय २४ रुपैया बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो । कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक विकासका साथै खानेपानी लगायतमा समानुपातिक ढंगबाट बजेट विनियोजन भएको उपाध्यक्ष पाठकले बताउनुभयो । नागरिकहरु सँगको सुझाव सल्लाहको आधारमा नै बजेट ल्याइएको र बजेटको सफल कार्यान्वयन हुने उपाध्यक्ष पाठकले बताउनुभयो ।

सभामा बगनासकाली गाउँपालिकाको न्यायिक समिति तथा राजश्व परामर्श समितिको प्रतिवेदन संयोजक हरिप्रसाद पाठक, आर्थिक समितिको प्रतिवेदन सदस्य हरि प्रसाद न्यौपाने, सामाजिक विकास समितिको प्रतिवेदन गीता रेग्मी, पुर्वाधार विकास समितिको प्रतिवेदन संयोजक तेजप्रसाद रसाइली, सुशासन तथा क्षमता विकास समितिको प्रतिवेदन संयोजक बसन्थी थापा, बिधेयक समितिको प्रतिबेदन संयोजक उमाकला अर्याल, आर्थिक विधेयक २०८० प्रस्तुती उपाध्यक्ष हरिप्रसाद पाठकले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको संचालन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले गर्नुभएको थियो । कार्यक्रममा बगनासकाली गाउँपालिका वडा नं. ९ का वडा सदस्य यमलाल तिमिल्सिना, वडा नं. ९ का वडा सदस्य कृष्ण भुसाल छलफलमा सहभागी हुनुभएको थियो । सभामा प्रस्तुत भएको नीति तथा बजेट यही असार १८ छलफल पछि गाउँ सभापछि पारित हुने गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले बताउनुभयो ।

Previous Post

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना दिवसको अवसरमा पाल्पामा पनि कार्यक्रम

Next Post

रामपुरमा असल बुहारी, दम्पत्ति सहित उपभोक्तालाई सम्मान

palpasamachar

palpasamachar

Next Post
रामपुरमा असल बुहारी, दम्पत्ति सहित उपभोक्तालाई सम्मान

रामपुरमा असल बुहारी, दम्पत्ति सहित उपभोक्तालाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025

Recent News

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version