राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना दिवसको अवसरमा पाल्पामा पनि कार्यक्रम

0
904

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरमा पाल्पामा पनि कार्यक्रम गरिएको छ । अन्य जिल्लाहरुमा जस्तै तानसेन सित्तलपाटीमा पनि कोणसभा गरिएको हो । घण्टी सहित सहभागी रास्वपाका समर्थकहरुले घण्टी बजाएर स्थापना दिवसको खुशीयाली साटेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका कोषाध्यक्ष दुर्गा अर्यालले रास्वपाको नीति र कार्यक्रमबाट प्रभावित भएर आफु र आफु जस्तै लाखौं युवाहरु यस तर्फ आकर्षित भएको बताउनुभयो । उहाँले देशव्यापी रुपमा यो पार्टी प्रतिको आकर्षण बढ्दै गएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पाल्पाका अध्यक्ष विष्णु भण्डारीले पार्टी स्थापनाको १ वर्षमै पाल्पामा पनि धेरै व्यक्तिहरु यो पार्टीमा जोडिइसक्नुभएको र जोडिने क्रम जारी रहेको बताउनुभयो । उहाँले अवको परिवर्तनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी अग्रसर भइसकेको र विकास प्रेमी सबै महानुभावहरु यो पार्टीमा जोडिने क्रम जारी रहेको बताउनुभयो ।

कार्यक्रमकै अवसरमा पाल्पाका प्रतिष्ठित युवा तथा व्यवसायीहरु यो पार्टीमा जोडिनुभएको छ । केदार प्रसाद श्रेष्ठ, सुरेशप्रसाद श्रेष्ठ, पद्मा श्रेष्ठ भट्टराई, मनोज पौडेल, सागर काफ्ले, बिजय घिमिरे, रिसि नेपाल, तिलक कार्की, साहिर खान, टेक्सन दर्लामी लगायतका व्यक्तिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो ।

प्रदेश कोषाध्यक्ष दुर्गा अर्याल, जिल्ला बिष्णु भण्डारी, जिल्ला सचिव सुमन गैरे, नगर अध्यक्ष जीवन पाण्डे, लगायतले उहाँहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन रास्वपाका जिल्ला सचिव सुमन गैरेले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here