• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 19, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शिक्षा, स्वास्थ्य र खेलकुद

जनता मावि तानसेनको ७२ औं बार्षिकोत्सव सम्पन्न

palpasamachar by palpasamachar
September 8, 2023
in शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार
0
जनता मावि तानसेनको ७२ औं बार्षिकोत्सव सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । जनता माध्यमिक विद्यालय तानसेनको ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रमुख अतिथिको रुपमा आफ्नो धारणा राख्नुहुँदै विद्यार्थीहरुलाई उच्चशैक्षिक उपलव्धि हासिल गर्न आह्वान गर्नुभयो । उहाँले पाल्पालाई शिक्षाको हब बनाउन यस विद्यालयले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने उहाँले धारणा राख्नुभयो । उहाँले विद्यालयको अतिक्रमित जग्गा प्राप्तिका निम्ति सदैव आफ्नो साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले विद्यालय व्यवस्थापनको आफ्नो कार्यकालमा विद्यालयको प्रगतिका निम्ति आफू र आफ्नो टिमले खेलेको भूमिकाको स्मरण गर्दै जनता मावि समयसापेक्ष शैक्षिक गतिविधिहरु संचालन गर्न सकेको छ भन्नुभयो । उहाँले नेपाल राज्यभरिमा जेभिटीले मात्र सामुदायिक स्तरमा आवासीय विद्यालय संचालन गर्न सकेको तथ्य प्रस्तुत गर्नुभयो । विद्यालयको आफ्नो भोगाधिकार रहेको जग्गा अतिक्रमण भएकोमा आपत्ति जनाउँदै विद्यालयले आफ्नो जग्गा भोगचलन गर्न पाउने व्यवस्था हुनुपर्छ भन्नुभयो ।

लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले विद्यालयको भौतिक विकासका लागि आफ्नो भूमिका रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । शिक्षामा आमूल परिवर्तन गरी यसलाई युग सुहाउँदो बनाउनु पर्नेमा जोड दिँदै सुविधासम्पन्न बिग स्कुलको अवधारणा अनुसार विद्यालय संचालन हुनु राम्रो हुने विचार राख्नुभयो ।

लुम्बिनी प्रदेशका अर्का सांसद खेमबहादुर सारुले जेभिटीबाट उत्पादित हजारौं विद्यार्थीहरुले देश विदेशका विभिन्न क्षेत्रमा सेवा दिइरहेको चर्चा गर्नुभयो । उहाँले शिक्षालाई श्रमसंग जोड्नु आजको प्रमुख चुनौती रहेको छ भन्नुभयो । शिक्षा प्रविधिमैत्री हुनुपर्ने विचार राख्दै विद्यालयका भावी योजनाहरुमा आफू सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । ¬
जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले जेभिटीले समाजमा शैक्षिक जागरण ल्याई थप उपलव्धि हासिल गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले विषम परिस्थितिमा विद्यालय स्थापना भई शैक्षिक क्षेत्रमा यसले अग्रणी भूमिका खेलेको विचार राख्दै थप शैक्षिक गुणस्तर हासिल गर्न विद्यालयलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कपिल कुँवरले विद्यालय स्थापना कालदेखि वर्तमान अवस्थासम्म विद्यालयको प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्ने अग्रजहरुको योगदानको स्मरण गर्नुभयो । उहाँले विद्यालयको संक्षिप्त इतिहास, विद्यालयको दूरदृष्टि र हासिल प्रगति विवरण उल्लिखित ६ करोड ८ लाख रु बराबरको आम्दानी खर्चसहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले विद्यालयको भावी योजनाका साथैे आगामी आर्थिक वर्षको लागि रु ४ करोड ५६ लाख बराबरको अनुमानित बजेट पनि प्रस्तुत गर्नुभयो ।

वार्षिकोत्सव समारोहका अध्यक्ष वि व्य समितिका अध्यक्ष भोजराज पोखरेलले विद्यालयका शिक्षक र वि व्य स परिवारले आफ्ना छोराछोरीलाई जेभिटी मै पढाएको जानकारी गराउनु भयो । पाल्पामा जे भि टी अगुवा विद्यालय भएपनि यस विद्यालयलाई हेर्ने दृष्टिकोण फरक रहेको गुनासो पोख्नुभयो । आफ्नो जग्गा विद्यालयले भोगचलन गर्न नपाउँदा विद्यालयको प्रगतिमा बाधा परेको कुरा राख्नु भयोे ।

सो अवसरमा पूर्व शिक्षक सरस्वति भट्टराईले आफूले स्थापना गरेको अक्षय कोषको रकम ५१ हजार पुर्याउन रु ३६ हजार विद्यालयलाई प्रदान गर्नुभयो । पूर्व प्रअ झमेन्द्रप्रसाद नेपालकी धर्मपत्नी लक्ष्मी नेपालले विद्यालयमा रु १ लाख को अक्षय कोष स्थापना गर्नुभयो । त्यस्तै गरी पूर्व शिक्षक केदारलाल श्रेष्ठले पनि आफूले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा रकम थप गर्नुभएको थियो । कार्यक्रममा पूर्व वि व्य स पदाधिकारी तथा अक्षयकोष दातालाई प्रशंसा– पत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा अतिथिहरुलाई  स्वागत शिक्षक रामप्रसाद ढकालले गर्नुभएको थियो भने विद्यार्थीहरुले आफ्नै मौलिक गीत संगीतमार्फत स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक हरिप्रसाद घिमिरेले गर्नुभएको थियो ।

 

Previous Post

पी पी प्रसाई एक्सीलेन्स् इन एजुकेशन र टुरिज्म लाइफ टाइम अवार्ड पाल्पाका शिक्षक बस्याललाई

Next Post

पाल्पामा मार्सलआर्टको कर्भडहल बनाउन पहल गर्ने सभामुख घर्तीको प्रतिबद्धता

palpasamachar

palpasamachar

Next Post
पाल्पामा मार्सलआर्टको कर्भडहल बनाउन पहल गर्ने सभामुख घर्तीको प्रतिबद्धता

पाल्पामा मार्सलआर्टको कर्भडहल बनाउन पहल गर्ने सभामुख घर्तीको प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025

Recent News

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version