बराङ्दीमा सहकारीका सदस्यहरुबीच तीजगीत प्रतियोगिता सम्पन्न

0
315

पाल्पा । हरितालिका तीजको अवसरमा बगनासकाली बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड बगनासकाली ८ बराङ्दीको आयोजनामा समूहका सदस्यहरु बीचको तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

९ ओटा समूहको सहभागिता रहेको प्रतियोगितामा कालिका आमा समूह चापपानी प्रथम, ढावखोला आमा समूह दोस्रो, बगनासदेबी आमा समूह चापपानी र घिमिरेडाडा महिला समुह बराङ्दी तेस्रो भएका छन् । बिजयी समूहलाई क्रमशः ३ हजार, २५ सय २ हजार र सहभागी समुहहरुलाई १, १ हजार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठक, बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, बगनासकाली ९ चापपानीका वडा अध्यक्ष ठानेश्वर तिमिल्सिनाले तीज पर्व मौलिक पर्वको रुपमा रहेको र मौलिक संस्कृति यो पर्वको मुल मर्म रहेको बताउनुभयो ।

कार्यक्रममा सस्थाका उपाध्यक्ष बिमला बश्यालको स्वागत मन्तव्य तथा सहकारीका सचीव कमलराज तिमिल्सिनाको संचालन तथा अध्यक्ष कृष्ण भुसालको अध्यक्षतामा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here