सेन्ट कपितानियो तानसेनमा नेपाल जुनियर रेड्क्रस सर्कल गठन

0
646
पाल्पा । सेन्ट कपितानियो स्कुल तानसेनमा नेपाल जुनियर रेड्क्रस सर्कल गठन गरिएको छ ।
बिद्यालयकी छात्रा संज्ञा लक्ष्मी खड्काको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा कुन्दन थापा, सचिवमा आरति बस्याल उपसचिवमा मञ्जिल समर खाती, कोषाध्यक्षमा निशा भट्टराई रहनुभएको छ  । त्यस्तै सदस्यहरुमा आर्यन काफ्ले, शाश्वत भट्टराई, एञ्जल थापा,  रितु रसाली, प्रेनिशा नेपाली, आलभ पाण्डे, अदिति बस्याल, आसुतोष ज्ञवाली, प्रिन्सि शर्मा, विविशा पाण्डे र इशिता आत्रेय रहनुभएको छ ।
समितिको संरक्षकमा विद्यालयकी प्रिन्सिपल सिस्टर एनिस जोसेफ रहनुभएको छ । त्यस्तै शिक्षक नायकमा शकुन्तला कुवर क्षेत्री र सह–शिक्षक नायकमा धनकुमारी थापा रहुनभएको छ । बिद्यालयकी प्रिन्सिपल सिस्टर एनिस जोसेफको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी नीगनर उपशाखाका सभापति पुष्करराज रेग्मी प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । त्यस्तै श्रीनगर उपशाखाका उपकोषाध्यक्ष संजित थापा अतिथिको रुपमा रहनुभएको थियो ।
बिद्यालयको कक्षा ९ मा अध्ययनरत छाज्ञा संज्ञा लक्ष्मी खड्काको स्वागतबाट सुरू भएको कार्यक्रममा प्रमुख अतिथि रेग्मीले रेडक्रस अभियान,सात सिद्धान्तबारे जानकारी गराउनुभएको थियो । त्यस्तै संजित थापाले प्राथमिक उपचारबारे सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको संचालन शिक्षक नायक शकुन्तला कुवर क्षेत्रीले गर्नुभएको थियो । सेन्ट कपितानियो  स्कुल युवा जुनियर रेडक्रस सर्कल नेपाल रेडक्रस सोसाइटी श्रीनगर  उपशाखा मातहत रहेको छ । सेन्ट कपितानियो स्कुलमा पहिलो पटक नेयुजुरेस  स्थापना÷गठन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here