तानसेनमा जहाँ मार्किङ त्यहाँ पार्किङ अभियान

0
242

पाल्पा । पाल्पाको तानसेन नगरपालिकाले “जहाँ मार्किङ त्यहाँ पार्किङ” अभियान सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभियान सुरु गरिएको हो ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको विभिन्न स्थानमा जथाभाबी पार्किङका कारण ट्राफिक समस्या बढेपछि जनताको गुनासोलाई सम्बोधन गर्न वडा नं. २ का वडाध्यक्ष महेश्वर श्रेष्ठको संयोजकत्वमा अभियान सुरु गरेको बताउनुभयो । वडाध्यक्ष श्रेष्ठले तानसेनका सम्भावित ठाउँहरुको पहिचान गर्दै पार्किङ र जेब्राक्रस समेत निर्माण गरेको बताउनुभयो । तानसेन नगरपालिकाको अर्थिक सहयोगमा अभियान सञ्चालन गरेको र बाहिरीबाट आउने सवारीहरुको व्यवस्थापन गर्न समेत सहज भएको श्रेष्ठले बताउनुभयो ।

अभियानले पैदल यात्रीलाई सहज रूपमा सडकमा यात्रा गर्न सहज हुनेछ भने अव्यवस्थित पार्किङका कारण उत्पन्न समस्या समाधान हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईँले बताउनुभयो । अभियान अन्तर्गत जिल्लाको प्रमुख सडकको रूपमा रहेको सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा मार्किङ् गरिनेछ । मार्किङ् गरेको स्थानमा बाहेक अन्य स्थानमा पार्किङ् गरे त्यस्ता चालकले कारबाही भोग्नुपर्ने प्रहरीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here