नेत्र ज्योति संघको साधारणसभा सम्पन्न

0
292

पाल्पा । नेपाल नेत्रज्योति संघ पाल्पाको २३ औ बार्षिक साधारणसभा तानसेन मा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि संघ का लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणाले आँखा सम्वन्धी उपचार सेवा कार्यक्रममा निस्वार्थ रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेत्रज्योति संघको समन्वय चन्दादाता जग्गादाता हरु को सहयोगले देशभरका आँखा अस्पताल संचालन भएको बताउनु भयो ।

कार्यक्रममा सचिव राजेन्द्र लिगलले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुहुँदै फागुन महिनादेखी आधुनिक प्रबिधिबाट आँखाको सल्यक्रिया हुने तयारी भएको बताउनु भयो । सचिव लिगलले नेत्रज्योति संघ पाल्पाले पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन, कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर, तिनाउँ आँखा उपचार केन्द्र दोभान र छहरा आँखा उपचार केन्द्र गरि ४ स्थानबाट सेवा प्रदान गर्दै आएको र गुल्मी अर्घाखाँची र रामपुरमा महिनाको एक पटक शल्यक्रिया सेवा प्रदान हुँदै आएको बताउनुभयो ।

कार्यक्रममा कोषाध्यक्ष बेदराम श्रीसले नेत्रज्योति संघतर्फ करिव ८ लाख बराबरको र आँखा अस्पताल तर्फ ४ करोड ४३ लाख ८३ हजार ९३८ रुपैया बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो । कार्यक्रम मा आजिवन सदस्य केदारलाल श्रेष्ठ, छिमेकी जिल्ला नेत्रज्योति संघ का कोषाध्यक्ष राजेश ढकाल, कालीगण्डकी आँखा उपचार केन्द्रका प्रतिनिधि भोजेन्द्र प्रकाश ढकाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सो अबसरमा नेत्रज्योति संघका भुतपुर्व सहसचिव स्वर्गीय लोकप्रसाद ढकाल को स्मृतिमा धर्मपत्नी शारदा ढकालले अस्पतालमा एउटा कक्ष निर्माणका लागी रु ३ लाख ५ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको भएको थियो । कार्यक्रममा संघका उपसभापति भिमसेन कार्कीकोे स्वागत मन्तव्य रहेको थियो । सचिव राजेन्द्र लिगलको सञ्चालन र सभापति बुद्धिप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here