नायरनमतलेसमा २ दिने महिला लक्षित क्षमता विकास कार्यक्रम सम्पन्न

0
164

पाल्पा । महिला समन्वय समिति बगनासकाली ३ नायरनमतलेसको आयोजना र वडा नं. ३ वडा कार्यालयको सहयोगमा २ दिने महिला लक्षित क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा महिला समन्वय समितिकी सदस्य कमला सुनारीले तालिमले आफूहरुमा नेतृत्व व्यक्तित्व विकासमा धेरै सहयोग पुगेको बताउनुभयो । सहभागी कृति गाहाले तालिमबाट आफूहरुले कानुनी साक्षरतासँगै उद्घोषण सम्बन्धी जानकारी लिने मौका मिलेको बताउनुभयो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का अध्यक्ष एवम् बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । अध्यक्ष थापाले कतिपय ब्यक्तिहरुले आफुले जानेका कुराहरु पनि तालिमको अभावमा ब्यक्त गर्न नसकेको भन्दै यसप्रकारको तालिमबाट सहभागी महिलाहरुको ब्यक्तित्व विकासमा निखाराता ल्याउनमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

तालिममा अधिवक्ता शान्ति बस्याल पाण्डे, पत्रकार देव पचभैया र यज्ञमूर्ति तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो । तालिम समापन कार्यक्रम समितिकी अध्यक्ष चन्द्रकला न्यौपानेको अध्यक्षता र सचिव मिना न्यौपानेको संचालनमा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here