भगवान भण्डारीको नेतृत्वमा बन्यो पाल्पामा रक्तदाता संघ

0
1059

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष एवम् पाल्पा समाचारपत्रका प्रधानसम्पादक भगवान भण्डारीको नेतृत्वमा पाल्पा रक्तदाता संघको गठन गरिएको छ । नेपाल नियमित रक्तदाता संघ पाल्पाको आज तानसेनमा सम्पन्न भेलाले भण्डारीको संयोजकत्वमा १९ सदस्यीय तर्दथ समिति गठन गरेको बताइएको छ ।

जिल्लामा बिरामीका लागि आवश्यक रगत व्यवस्थापनमा सहजीकरण गर्न संघ क्रियाशील रहने संयोजक भण्डारीले बताउनुभयो । यसले छरिएर रहेका रक्तदाताहरुलाई गोलबद्ध गरेर अगाडि बढाउने, जिल्लाका सामाजिक संघ संस्था र अभियन्तासंगको समन्वय र सहकार्यमा रक्तदान बारे सचेतना फैलाउने, रक्तदाताहरुको सूचि तयार गर्ने र अन्तिममा ब्लड बैक स्थापना गर्ने लक्ष्यका साथ संघले काम गर्ने संयोजक भण्डारीले जानकारी गराउनुभयो ।

भेलामा संघका केन्द्रीय अध्यक्ष दयाबहादुर सिलवाल, महासचिव दीपक अधिकारी, केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष अशेष सिलवाल, पाल्पाली संगमका पूर्व अध्यक्ष पदम न्यौपाने र पत्रकार देब पचभैयाले आवश्यक परेको बेला बिरामीले रगत जुटाउन धेरै समस्या हुने गरेकोमा यो संघले सहजीकरण गर्ने बिश्वास ब्यक्त गर्नुभयो । भेला नव निर्वाचित संयोजक भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here