सामुदायिक रेडियो मदनपोखराले रजत जयन्ती मनाउँदै

0
210

पाल्पा । सामुदायिक रेडियो मदनपोखराले स्थापनाको २५ औं बर्षको अवसरमा रजत जयन्ती मनाउने तयारी गरेको छ ।
२०५६ चैत २३ गतेदेखि नियमित प्रसारण सुरु गरेको यो रेडियोले विभिन्न कार्यक्रमहरुको आयोजना गरी रजत जयन्ती मनाउने सम्बन्धी जानकारी गराएको छ । यो रेडियोले २०५५ साल पुस १८ मा इजाजतपत्र प्राप्त गरी २०५६ साल चैत्र २३ गतेदेखि नियमित प्रशारण शुरु गरेको थियो ।

कार्यक्रममा रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्रबहादुर जिसीले २०८० चैत्र २३ गतेसम्म आयोजना गर्ने कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो । रेडियोले हालसम्म खेलेको भूमिका, पछिल्लो अवस्था, रेडियोको भविष्य, रेडियोकर्मीको भविष्य, आर्थिक अवस्थाको बारेमा रेडियोका उपाध्यक्ष एवं कार्यकारी निर्देशक गुणाकर अर्यालले जानकारी गराउनुभएको थियो ।

रेडियोको रजत जयन्तीको अवसरमा लोकतान्त्रिक संस्कार निर्माणमा सञ्चारको भुमिका बहस, समाजबाट पछाडी परेका असहाय, गरिव दुःखीलाई निःशुल्क भोजनदान, नेपाली समाजको सभ्यता संस्कृतिको बारेमा बहस, लोकवाजा तथा लोकधुनको रेडियोबाट रेकडिङ र प्रसारण, जीवन्तसम्म अभिलेख राख्ने र प्रत्यक्ष प्रशारणमार्फत जनमासमा सुनाउने, पुर्नमिलन कार्यक्रम, रक्तदाताहरुको नाम लिष्ट तयार पार्ने, स्थानीय पालिकाहरुबिच बहस सञ्चालन गर्ने, रेडियो तथा रेडियोसंगी समूहसँग जोडिएकाका अहिलेसम्मका फोटो तथा भिडियोहरु सार्वजनिक गर्ने, बोली पत्रिका र भित्ते पात्रो सार्वजनिक जस्ता कार्यक्रम बनाइएको बताइएको छ ।

कार्यक्रममा रेडियो सञ्चालक समितिका सचिव राजेशकुमार अर्यालले सामुदायिक रेडियो मदनपोखरा र यसको महत्वबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले नेपालको सामुदायिक रेडियोहरुको इतिहासमा सामुदायिक रेडियो मदनपोखराको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा पत्रकार किरण कौशल, मिलन विश्वकर्मा, यज्ञमूर्ति तिमिल्सिना, देव पचभैया, कृष्ण पोखरेल लगायतले सुझाव र धारणा राख्नुभएको थियो ।

कार्यक्रम रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्रबहादुर जिसीको अध्यक्षता, सचिव राजेशकुमार अर्यालको स्वागत र सारेमकर्मी रिमा सोमैको सञ्चालनमा सम्पन्न भएको थियो । तस्बिर शितलपाटी डटकमको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here