फागुन १५ गते तानसेन र बगनासकालीमा पनि बिदा

0
464

पाल्पा । मगर एकता दिवसको अवसरमा फागुन १५ गते तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाले पनि स्थानीय बिदा दिने भएका छन् ।

दुबै स्थानीय तहले सार्वजनिक सूचना मार्फत उक्त जानकारी गराएका छन् । ‘मगर समुदायको बाहुुल्यता रहेको बगनासकालीमा दिवसका दिन विदा दिने निर्णय गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालद्वारा जारी सूचनामा उल्लेख छ । त्यस्तै तानसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा बहादुर थापाले पनि उक्त दिन अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्था बन्द रहने निर्णय भएको बताउनुभयो ।

मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । विगतका वर्षहरुदेखि नै गाउँपालिकाले मगर दिवसमा सार्वजानिक विदा दिइँदै आएको छ । राष्ट्रिय मगर दिवसको अवसरमा बगनासकाली १ चिलाङ्दी खेल मैदानमा मगरी संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहितका कार्यक्रमहरु नेपाल मगर संघको सहजीकरणमा गर्ने निर्णय भएको आदिवासी जनजाति समन्वय समितिका संयोजक तथा वडा नं ७ का वडाध्यक्ष गणबहादुर बुढाथोकीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here