नेतृत्व सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न

0
254

पाल्पा । नेतृत्व त्रैमासिक पत्रिकाको २०८० माघ–चैत अंक सार्वजनिक तथा पत्रिकाको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वखोला गाउँपालिका–२ जल्पा ढोलीमारामा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादर थापा र रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले नेतृत्व पत्रिकाको सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नेतृत्व पत्रिकाले सामाजिक विषयहरुलाई खोज मूलक रुपमा प्रकाशन गर्दै आएकोले पनि पठनीय रहेको बताउनुभयो । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले नेतृत्व पत्रिकाले सामाजिक हिसावले पनि सकारात्मक सन्देश दिन सफल भएको बताउनुभयो ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले पत्रिकाले आफूलाई पनि पात्रको रूपमा चयन गरेकोमा धन्यवाद दिदै नागरिकको सेवामा लागेर अपेक्षा गरेको जति काम नभए पनि परिवर्तन भएको कुरालाई सम्प्रेषण गर्न आवश्यक रहको बताउनुभयो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागीरथी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारी पाल्पाका प्रतिनिधि बिजय बौडेल लगायतले नेतृत्व पत्रिका र पछिल्लो अंकको विषयमा आआफ्नो धारणा राख्नुभएको थियो ।

पत्रिकामा रहेका बिषयबस्तुबारे डा. टंकप्रसाद पन्थले समिक्षा गर्नुभएको थियो । पूर्वखोला गाउँपालिका–२ जल्पाका वडाध्यक्ष नीरबहादुर सारूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेतृत्व त्रैमासिकका अध्यक्ष तथा सम्पादक गोविन्द भट्टराईले गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here