प्रभावकारी बन्दैछ बगनासकालीको अभिलेख केन्द्र

0
316

पदम गैरे । पाल्पा
गत आर्थिक वर्षमा बगनासकाली गाउँपालिकाले अन्य स्थानीय तहहरुको तुलनामा विभिन्न नविनतम कार्यहरूको प्रारम्भ ग¥यो । सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण कार्य अगाडि बढाएर बगनासकालीले जिल्लामा फरक पहिचान बनाएको छ । यसको सिको अहिले अन्य पालिकाहरुले पनि गर्दैछन् । बगनासकालीले अपाङ्गता भएका व्यक्तिहरुको अभिभावकत्व ग्रहण गर्ने प्रयासको धेरैले प्रशंसा गरेका छन् । पहेलो र सेतो अपाङ्गता परिचयपत्र भएका ब्यक्तिहरुले अघिल्लो वर्षबाटै मासिक निर्वाह भत्ता लिन थालेका छन् ।

पालिकामा सुरू भयो सूचना तथा अभिलेख केन्द्र
बगनासकालीमा जिल्लामै पहिलो सूचना तथा अभिलेख केन्द्र सञ्चालनमा आएपछि सूचना तथा जानकारी लिन चाहनेहरुका लागि सहज भएको छ । आर्थिक वर्ष २०७९/०८० बाट यो अभिलेख केन्द्रको सुरुवात गरिएको हो । गाउँपालिका भित्रका हरेक सूचनाहरू एकद्धार प्रणालीबाट प्रवाह गर्ने गरि सूचना केन्द्र सञ्चालनमा ल्याइएको बताइएको छ । पालिका र पालिका अन्तरगतका सबै शाखाहरुको प्रगति तथा सम्पूर्ण सूचनामूलक तथ्यांकहरू सोही केन्द्र मार्फत प्रवाह हुँदै आएको छ । चिलाङ्दीमा निर्माणाधिन अवस्थामा रहेको गाउँपालिकाको भवन निर्माण सम्पन्न भएपश्चात सोही भवनमा कार्यालय सरेपछि केन्द्रलाई थप ब्यवस्थित बनाउँदै लगिने अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले बनाएका ऐन, कार्य बिधि लगायतका महत्वपूर्ण प्रकाशनहरु सहित पालिकासँग सम्बन्धित सम्पुर्ण सूचनाहरू यो केन्द्रमा रहने बताउनुभयो । यो केन्द्रले पालिकाका उपलब्धीहरुलाई जोगाइराख्न पनि सहयोग पु¥याउने उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले नागरिकले सूचना माग गर्दा वा पालिकाका लागि पनि विभिन्न सूचनाहरु आवश्यक पर्दा यो केन्द्र सहयोगी बन्ने बताउनुभयो । प्रवक्ता थापाले बगनासकाली गाउँपालिका पारदर्शी गाउँपालिकाको रुपमा रहेको र यो केन्द्रले थप पारदर्शी बनाउन सहयोग पु¥याउने बताउनुभयो । पालिकाले गर्दै आएका काम र प्रगतिहरुको अभिलेखीकरणमा यो सूचना केन्द्र अब्बल बन्ने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

केन्द्रको उचित व्यवस्थापनका लागि गाउँपालिकाले छुटै कर्मचारीलाई जिम्मेवारी दिएको छ । यसकारण केन्द्रको प्रभावकारिता देखिएको छ । केन्द्रको प्रमुखको रुपमा शिक्षा शाखा प्रमुख गुनाराम खनाल रहनुभएको छ । त्यस्तै आन्तरिक ब्यवस्थापनमा कम्प्युटर अपरेटर हेमराज घिमिरेले काम गर्दै आउनुभएको छ । अभिलेख केन्द्रमा पालिका अन्तरगतका सबै कानुन संग्रहहरु रहेका छन् । विभिन्न पुस्तक र पालिका अन्तरगतका सबै शाखाले गरेका कार्यहरुको बार्षिक प्रतिवेदन, तथा गाउँसभा निर्णय, र योजना किताव लगायत राखिएको छ । यसबाट सेवाग्राही वा जो कोहीलाई पनि पालिका अन्तरगतको कुनै सूचना तथ्यांक आवश्यक भएमा यही केन्द्रबाट लिन सहज भएको छ । केन्द्रलाई प्रविधिमैत्री बनाइएको छ । सेवाग्राहीको इमेल वा अन्य काममा पनि केन्द्र मार्फत सहजीकरण हुदै आएको छ ।
–बगनासकाली फिचर संग्रहको सहयोगमा

फोटो फाइल

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here