बगनासकालीमा कृषि विकासका कार्यक्रम प्रभावकारी रुपमा चल्दै

0
142
पाल्पा । बगनासकाली गाउँपालिकाले कृषि विकासका कार्यक्रमहरुलाई प्राथमिकता दिई कार्यक्रम संचालन गर्दै आएको छ । यस वर्ष गाउँपालिका अन्तरगतका सबै वडाहरुले कृषिका लागि बजेट बिनियोजन गरेका छन् । उक्त बजेटबाट कृषि यान्त्रिकरण बितरण, बिउ बिजन बितरण लगायतका कार्यक्रम हुदै आएको छ ।
गाउँपालिकाले पनि संघीय शशर्त अनुदान कार्यक्रम र पालिकाको बजेटबाट कृषि क्षेत्रलाई राम्रो सम्बोधन गरेको छ । यस वर्ष संघीय शशर्त अनुदान कार्यक्रमबाट आर्थिक वर्ष २०८०÷०८१ मा बगनासकाली २ पोखराथोकमा स्थापना भएको अदुवा बेसार पकेट कार्यक्रमको लागि रु ६ लाख रुपैयाँ बिनियोजन भएको छ । उक्त बजेटबाट हाल कार्यक्रम संचालन भइरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख रामहरि गैरेले बताउनुभयो ।
त्यस्तै किसान सूचीकरणका लागि संघीय शशर्त कार्यक्रमको २ लाख ४९ हजार र पालिकाको १ लाख रुपैयाँबाट २, ३ ५ र ७ मा किसान सूचीकरणका लागि गणक छनौट गरि हाल कार्यक्रम संचालन भइरहेको छ । त्यस्तै खाद्यन्न बालीको उन्नत बिउ उपयोगमा अनुदान अन्तरगत धान गहुँ र मकैमा अनुदान कार्यक्रम अन्तरगत गहु र मकैमा अनुदान बितरण भइसकेको र धानमा अनुदान बितरण बाकी रहेको छ । यसका लागि ८ लाख रुपैया बजेट बिनियोजन भएको छ ।
यस वर्ष पालिका अन्तरगतको बजेटबाट सूचना प्रकाशन ब्यानर तथा होडिङ बोर्ड निर्माणका लागि रु ३० हजार बिनियोजन गरिएकोमा यो कार्यक्रम निरन्तर रुपमा संचालन भइरहेको छ । त्यस्तै पालिकामा कार्यरत कृषि प्राविधिकका लागि पुर्नताजगी तालिमका लागि ८० हजार बिनियोजन गरिएकोमा यो कार्यक्रम संचालनको प्रक्रियामा रहेको प्रमुख गैरेले बताउनुभयो ।
आकस्मिक बाली संरक्षण सेवा कार्यक्रमका लागि ६५ हजार रुपैया बिनियोजन गरिएकोमा यो कार्यक्रम पनि संचालनको तयारीमा रहेको छ । त्यस्तै कृषि उपज बजारिकरण ढुवानीमा सहयोग कार्यक्रमका लागि २ लाख ६० हजार बिनियोजन गरिएकोमा यो कार्यक्रम पनि संचालनको तयारीमा रहेको छ । गाउ“पालिका स्तरीय कृषि मेला प्रर्दशनी कार्यक्रमका लागि २ लाख बिनियोजन गरिएकोमा यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । यो कार्यक्रम गाउँपालिकाको प्रांगणमा गरिएको थियो । कार्यक्रममा सहभागी उत्कृष्ट किसानहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।
पकेट विकास कार्यक्रम (बाली विशेष) का लागि ८ लाख ३० हजार बिनियोजन गरिएकोमा यो कार्यक्रमको सम्झौताका लागि सूचना प्रकाशन भइसकेको र अहिले सम्झौता कार्य चरिहेको छ । त्यस्तै माटो ब्यवस्थापन कार्यक्रमका लागि ५० हजार बिनियोजन गरिएकोमा यो कार्यक्रम पनि संचालनको तयारीमा रहेको प्रमुख गैरेले बताउनुभयो । त्यस्तै रैथाने बाली प्रवर्धन कार्यक्रमका लागि २ लाख १५ हजार बिनियोजन गरिएकोमा उक्त कार्यक्रम अन्तरगत कोदो, गहते, बोडी लगायत रैथाने बालीहरुको प्रवर्धन गर्ने कार्यक्रम रहेको  छ । यो कार्यक्रम पनि संचालनको तयारीमा रहेको प्रमुख गैरेले बताउनुभयो ।
व्यवसायिक कफि तथा फलफूल बगैंचा व्यवस्थापन कार्यक्रमका लागि १ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ । यो कार्यक्रम पनि जारी रहेको उहाँले बताउनुभयो । दिवसीय कार्यक्रम संचालनका लागि १ लाख रुपैयाँ बजेट रहेको छ । यसबाट धान दिवस लगायतका दिवसीय कार्यक्रम संचालनको योजना रहेको प्रमुख गैरेले बताउनुभयो । मागमा आधारित कृषि कार्यक्रमका लागि ४ लाख बिनियोजन भएकोमा यो कार्यक्रम पनि चलिरहेको छ । त्यस्तै स्थानीय तह अनुदानको मल वितरण तथा व्यवस्थापनका लागि १ लाख बिनियोजन गरिएकोमा यो कार्यक्रम पनि संचालन भइरहेको छ । त्यस्तै गाउँपालिका अन्तरगतको कृषि शाखाको बैठक, नियमित रिपोटिङ लगायतका कार्यक्रम पनि हुँदै आएका छन् । किसानलाई कृषि आधुनिकीकरणमा जोड्नका लागि कृषि यान्त्रिकरण कार्यक्रमका लागि ६ लाख २० हजार बिनियोजन भएकोमा यान्त्रिकरण खरिद प्रक्रिया सकिएर अव बितरण कार्य बाँकी रहेको उहाँले बताउनुभयो । त्यस्तै जैविक मल खरिदका लागि ५ लाख रुपैयाँ बिनियोजन भएको छ ।
गाउँपालिकाले कृषि तथा पशुपालनका कार्यक्रमलाई बिशेष महत्व दिई अगाडि बढाएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । कृषकसँग गाउँपालिका सँगै छ भन्ने अनुभुति गराउनका लागि गाउँपालिकाले हरेक वडामा कृषि प्राविधिक खटाएको र प्राविधिकहरुले किसानको खेतबारीमा पुगेर किसानलाई प्राविधिक सहयोग गर्दै आउनुभएको उहाँले बताउनुभयो ।
बगनासकालीका ९ वटै वडा कृषि तथा पशुपालन कार्यक्रमका लागि उपयुक्त रहेका छन् । मौरीपालनका लागि बगनासकाली महत्वपूर्ण पालिकको रुपमा रहेको छ । यहाँबाट बार्षिक ३ करोड बढीको मौरी तथा मह निर्यात हुदै आएको छ । त्यस्तै मौसमी बेमौसमी तरकारी खेती मार्फत पनि किसानले मनग्ये आम्दानी गर्दै आएका छन् ।  बिदेशबाट फर्केर गाउँमै उद्यम गरिहेका युवाहरु पनि यहाँ प्रसस्त रहेका छन् । किसानको मुख्य समस्याको रुपमा रहेको बाँदर नियन्त्रण हुन सक्ने हो भने बगनासकालीले कृषि क्षेत्रमा थप राम्रो सफलता हासिल गर्न सक्ने किसानहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here