ANMC को आयोजनामा अस्ट्रेलियामै पहिलो पटक महाआरती सम्पन्न

0
221

अष्ट्रेलिया । मेलवर्नको डिगर्स रेस्टस्थित नेपाली बहुसांस्कृतिक केन्द्रमा अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टरको आयोजनामा साउन महिनाको अन्तिम सोमवार विशेष सत्सङ तथा शिव पूजा महाआराती, भजन कृतनको साथमा महा रुदाभिषेक गरी मनाइएको छ ।

साउन महिना लागेसँगै हरेक सोमवार विशेष पुजा हुँदै आएको नेपाली मन्दिरमा अन्तिम सोवार भने बाल व्यास श्रावण गुरुको विशेष उपस्थितीमा अस्ट्रेलियामै पहिलो पटक महाआरती भएको पशुपतिको झल्को दिनेगरी सम्पन्न भएको थियो ।
भक्तजनको लागि विहानै बाट पुजा रुद्राभिषेक गर्न खोज्ने भक्तहरुको लागी मन्दिर खुला रहेको र साँझ को महाआरती को दर्शन गर्न हजारौ श्रद्धालुहरुको उपस्थिती रहेको एएनएमसीका सदस्य दिपक आचार्याले बताउनुभयो ।

विशेष अतिथिको रुपमा दुबै बाट पुग्नुभएका बाल व्यास गुरुले दिएको प्रवचन सुन्न र महाअरती दर्शन गर्न नेपालबाट पुगेका अभिभावकहरु पनि उत्साहित हुदै पुगेका थिए र मन्दिरका पण्डित नारायण प्रसादले भने आएका भक्तजनहरुलाई शिवको पुजा गराउन व्यस्त हुनुहुन्थ्यो । नेपाली मन्दिरका अध्यक्ष गान्धि भट्टराईले अष्ट्रेलियामा पहिलो पटक यसप्रकारको भव्य महाआरती भएको बताउनुभयो । भव्य समारोहमा दिनेश थापा, डिबी कालिज, विश्वराज जोशी, गोविन्द भण्डारी लगायतले श्रद्धालुहरुलाई भजनमा नचाउनुभएको थियो ।

पछिल्लो समय चर्चामा आउनुभएका बाल ब्यास श्रवण न्यौपाने तिनै गुरु हुन जसले दुबईमा पनि विभिन्न चाँड पर्वको अवसरमा धार्मिक कार्य गर्दै आउनुभएको छ । नेपालमा पनि विभिन्न श्रीमद्भागवत भागवत धनधान्यान्चल ज्ञान महायज्ञ दर्जनौ गर्दै आउनुभएको छ भने भने बालव्यासले आफ्नै सत्सङ्कल्पमा नवलपरासी सुनवलमा नेपालकै नमुना योग तथा बहुउपयोगी ध्यान केन्द्र भवन निर्माणार्थ हेतु महायज्ञ गरी करिब ५ करोड उठाएर महायज्ञका सम्पुर्ण आयोजक टिमलाई महायज्ञमा उठेको रकमलाई हस्तान्त्रण गरिसक्नुभएको छ । उहाँको धार्मिक तथा सामाजिक अभियानबाट धेरै जना प्रभावित हुनुभएको दिपक आचार्यले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here