सिजी सिमेन्टको कोइला पिस्ने मेसिनमा किचिएर मजदुरको मृत्यु

0
277

पाल्पा । सिजी सिमेन्टको कोइला पिस्ने मेसिनमा किचिएर मजदुरको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–२ सर्देवामा रहेको सिजी कम्पनीको कोईला पिस्ने मेसिनमा किचिएर एक जना मजुदरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोईला पिस्नी मेसिन बन्द गरी सफा गर्ने क्रममा अचानक मेसिन चल्न गई दुर्घटना हुँदा धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका ६ का४६ वर्षीय दिनेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उहाँको ११ गते राति पौने ११ बजेको समयमा भएको उक्त दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुगन्ध श्रेष्ठले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here