पाल्पा कांग्रेसका पूर्वसभापति कोइरालाको निधन

0
202

पाल्पा । नेपाली कांग्रेस पाल्पाका पूूर्व सभापति ठाकुर चन्द्र (विप्र) कोइरालाको निधन भएको छ । उहाँको ८५ वर्षको उमेरमा बिहीवार निधन भएको हो । वि.स. १९९६ भाद्र ३० गते पाल्पामा जन्मनुभएका कोइराला २०४८ देखि २०५२ सम्म नेपाली कांग्रेस पाल्पाको सभापतिको रुपमा रहनुभएको थियो ।

कोइराला संगठन निर्माणको क्रममा वि.सं. २०१५ मा युवा काँग्रेस पाल्पाको अध्यक्ष समेत बन्नुभएको थियो । उहाँले प्रजातन्त्रको पुर्नस्थापनाका निम्ति वि.सं. २०१७ देखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनहरुमा सशक्त भूमिका निर्वाह गर्नुभएको थियो ।

वि.सं. २०४२ को सत्याग्रहदेखि २०४६ सम्मका जनआन्दोलनमा कोइरालाको नेतृत्व थियो । उहाँले आन्दोलनका क्रममा पटक–पटक जेल जीवन समेत बिताउनुभएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज र अनुभवी अभिभावकलाई गुमाएको कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो । उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि वक्तब्य जारी गरी दुःख ब्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here