तानसेनको खानेपानी महसुल घटाउन कांग्रेस एमालेको माग

0
181

पाल्पा । नेपाली कांग्रेस र नेकपा एमाले तानसेन नगर कमिटिले तानसेनको खानेपानी महसुल घटाउन ध्यानाकर्षणपत्र बुझाएका छन् । नेपाली कांग्रेस तानसेन नगर समिति र नेकपा एमाले तानसेन नगर कमिटिले संयुक्त रुपमा ध्यानाकर्षणपत्र बुझाउँदै महसुल घटाउन अनुरोध गरेका हुन् ।

तानसेनमा खानेपानी जम्मा गर्ने र वितरण गर्ने प्रक्रियामा समस्या रहेकोले सो प्रक्रियामा सबैको सहकार्य र सहयोगको आवश्यकता रहेको ध्यानकर्षणपत्रमा उल्लेख छ । तानसेनको खानेपानी महसुल बढी भएको गुनासो आएको छ । अहिले केन्द्र सरकारबाट नै खानेपानीमा प्रयोग हुने महसुलमा ५० प्रतिशत दिएको र सो महसुल छुट तानसेन खानेपानी प्रयोजनमा पनि भइरहेकोले सोही बमोजिम खानेपानीमा पनि छुटको माग गरिएको छ ।

ध्यानाकर्षणपत्रमा नेपाली कांग्रेस तानसेन नगर समितिका सभापति सुवर्णमुनी शाक्य र नेकपा एमाले तानसेन नगर कमिटि अध्यक्ष गुरास आत्रेयले हस्ताक्षर गर्नुभएको छ । ध्यानाकर्षणपत्र बुझ्दै तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले सबैको सुझाव सल्लाह बमोजिम समितिले खानेपानी महसुल तथा अन्य सुविधा ब्यवस्था गर्दै जाने बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here