श्रीनगर युवा सर्कलको अध्यक्षमा भुसाल

0
291

पाल्पा । श्रीनगर युवा रेडक्रस सर्कलले सर्कलको साधारणसभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।
सर्कलका कार्यबाहक अध्यक्ष अध्यक्ष द्रोणाचार्य भुसालको अध्यक्षतामा संचालित कार्यक्रममा कोषाध्यक्ष सौरभ सापकोटाले स्वागत सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अधिवेशनले द्रोणाचार्य भुसालको अध्यक्षतामा नयाँ समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा सौरभ सापकोटा, सचिवमा रिविन्द्र कार्की, कोषाध्यक्षमा सचिन सिलवाल, सहसचिवमा अनुजा अर्याल, सह कोषाध्यक्षमा रोशनी भट्टराई र सदस्यहरुमा अविसा कार्की, अस्मिा भण्डारी, लिला भण्डारी, सुन्दर गैरे, सन्ध्या पोख्रेल, दिपेश खनाल र सोनिया पाण्डे रहनुभएको छ ।

नव निर्वाचित अध्यक्ष भुसालले बार्षिक कार्ययोजना पेश गर्दै आगामी दिनहरूमा कार्ययोजना बमोजिमको कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बाबुराम कार्कीले युवा रेडक्रस सर्कलले जिल्ला रेडक्रसको इज्जत अझ बढाउन सहयोग गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी पाल्पाका मन्त्री केशवराज नेपालले युवा रेडक्रस को उज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखा प्रमुख बिनोद भारतीले सर्कलले गर्दै आएको सामाजिक कामको प्रशंसा गर्नुभयो । कार्यक्रम रिविन्द्र कार्कीको संचालनमा चलेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here