नेतृत्वको नयाँ अंक सार्वजनिक तथा परिचर्चा कार्यक्रम रानीमहलमा सम्पन्न

0
155

पाल्पा । पाल्पाबाट प्रकाशन हुँदै आएको नेतृत्व राष्ट्रिय त्रैमासिकको पूर्णाङ्क ८ सार्वजनिक तथा परिचर्चा कार्यक्रम रानीमहलमा सम्पन्न भएको छ ।

नेतृत्व मिडिया प्रालिद्वारा प्रकाशित उक्त पत्रिका सार्वजनिक गर्नुहुँदै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नेतृत्व पत्रिकाले सामाजिक क्षेत्र बिबिध विषयहरुलाई खोजमूलक रुपमा प्रस्तुत गर्दै आएको बताउनुभयो । प्रमुख खनालले आफू पनि यो पत्रिका नियमित लेखक र पाठकको रुपमा रहेको उल्लेख गर्नुहुँदै पत्रिकाको निरन्तरता महत्वपूर्ण रहेको बताउनुभयो ।

तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत भरत आचार्यले सम्पादक/प्रकाशक गोविन्द भट्टराईको नियमित क्रियाशीलता र लगनशीलताले मात्रै नेतृत्वको निरन्तरता सम्भव भएको बताउनुभयो । कार्यक्रममा नेतृत्वका लेखक तथा स्तम्भकार डा. टंक पन्थले नेतृत्वको नयाँ अंकको परिचर्चा गर्दै नेतृत्वले उठान गरेका विषय बस्तु र प्रभावबारे आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले बिज्ञापन बजारको अभावमा पत्रपत्रिकाहरुका लागि चुनौतीपूर्ण अवस्था बन्दै गएको परिस्थितिमा नेतृत्वले थप गुणस्तरीयता सहित निरन्तरता पाउँदै आएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले नेतृत्वले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, साहित्य, पर्यटन सबै क्षेत्रलाई उत्तिकै प्राथमिकताका साथ उठान गर्दै आएको बताउनुभयो ।

लेखक तथा शिक्षासेवी रामप्रसाद ढकालले नेतृत्वले शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले यस अंकमा जस्तै आगामी अंकहरुमा पनि आफ्नो लेख लेख्दै जाने बताउनुभयो । प्रगतिशिल लेखक संघका अध्यक्ष रामप्रसाद अर्यालले पनि नेतृत्व पठनीय पत्रिकाको रुपमा स्थापित भएको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार एवम् सर्जक अनिपाल कार्की, चक्रपाणी गौतम र फणिन्द्र बस्याल, महेन्द्र पन्थीले आआफ्नो सृजना वाचन गर्नुभएको थियो । पत्रिकाका प्रकाशक सम्पादक गोविन्द भट्टराईले नेतृत्वको यो अंकमा रानीमहल विषय उठान भएकोले पनि रानीमहलको प्रचारप्रसार एवम् प्रवर्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले रानीमहलमकै कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा नेतृत्वको प्रकाशक सम्पादक गोविन्द भट्टराईको संचालन र नेतृत्वका लेखक तथा स्तम्भकार सीता गौतमको अध्यक्षतामा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here