पाल्पा अस्पतालको अध्यक्षमा पुनः गुराँस आत्रेय

0
215

पाल्पा । पाल्पा अस्पतालको अध्यक्षमा पुनः गुराँस आत्रेय नियुक्त हुनुभएको छ । यसअघि अध्यक्षको रुपमा नियुक्त हुनुभएका आत्रेयले अस्पतालको गु्णस्तर सुधारका लागि पर्याप्त कामको थालनी गर्नुभएको थियो ।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशले सोमवार पाल्पा अस्पतालमा अध्यक्षको रुपमा पुनः आत्रेयलाई कामकाज गराउने गरी अस्पताललाई पत्राचार गरेको छ । यसअघि पनि अध्यक्षको रुपमा आत्रेय केही समयमा सम्हाल्नुभएको थियो । राजनीतिक सत्ता परिवर्तनसँगै अध्यक्ष फेरिएको थियो । उक्त विषय अदालतसम्म पुगेको थियो ।

सर्वोच्च अदालतको २०८० मंसिर १९ गते सर्वोच्च अदालतले अल्पकालीन अदालतको आदेशको कार्यान्वयनको लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेश बमोजिम २०८१ भदौ ३१ गतेको मन्त्रीस्तरको निर्णयबाट उहाँलाई अध्यक्षको रुपमा जिम्मेवारी दिने निर्णय भएको हो मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्रकुमार पाण्डेद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

यसअघि अध्यक्षको रुपमा रहँदा आत्रेयले पाल्पा अस्पतालको सेवा प्रवाहमा सुधार, भौतिक पुर्वाधारको विकास लगायतका विषयमा छोटो समयमै राम्रो कामको थालनी गर्नुभएको थियो । सरोकारवालाहरुसँगको छलफल र समन्वयमा उहाँले अस्पतालको सेवा सुधारका लागि योजनाबद्ध कामको थालनी गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here