• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 13, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home अर्थ र पर्यटन

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

palpasamachar by palpasamachar
June 12, 2025
in अर्थ र पर्यटन, शीर्ष समाचार, स्थानीय समाचार
0
उद्यमशील बन्दैछन् बगनासकालीका महिला
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । बगनासकाली गाउँपालिकाका महिलाहरु उद्यमशील बन्दैछन् । यहाँ निर्माण भएको दुनाटपरीले जिल्लामा राम्रो पहिचान बनाएको छ । ब्यापार राम्रो भएपछि महिलाहरुलाई सालको पात टिप्न र दुनाटपरी बनाउन भ्याई नभ्याई छ ।

पोखराथोकमा महिलाहरुले बनाउँदै आएको दुनाटपरी भैरव स्थान मन्दिर सहित अन्य क्षेत्रका बिक्री हुँदै आएको छ । महिलाहरुले सामुहिक रुपमा दुनाटपरी बनाउने र बेच्दै आएका छन् । यसबाट एकातर्फ उनीहरुको समयको सदुपयोग भएको छ भने अर्कोतर्फ आम्दानी समेत बढेको छ ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) कार्यक्रम अन्तरगत बगनासकाली गाउँपालिकाले महिलाहरुको सीप विकास र उनीहरुले उत्पादन गरेका उत्पादनको बजारीकरणमा बिशेष ध्यान दिएको बगनासकाली गाउँपालिका मेड्पा कार्यक्रमका फोकल पर्सन प्रेम बगालेले बताउनुभयो ।

यस वर्ष मेड्पा कार्यक्रम अन्तरगत बगनासकाली–६ यम्घाको टोक्सेमा २२ जना महिलाहरुका लागि परालको चप्पल बनाउने ५ दिने तालिम संचालन गरिएको छ । गाउँघरमा पाइने परालबाट बनाइने चप्पल किरियापुत्रीहरुका लागि आवश्यक हुने र यसको बजारीकरणमा समेत समस्या नहुने भएकोले महिलाहरुले उक्त सीप सिकेर ब्यवसायिक रुपमा परालको चप्पल बनाउने अभियानमा छन् ।

त्यस्तै वडा नं. १ चिर्लुङधाराको घोरबन्दामा ९ जनाका लागि १ महिने होजियारी तालिम संचालन गरिएको छ । यो तालिममा खासगरी बिद्यालय समयमा आफ्ना छोराछोरीलाई बिद्यालयमा ल्याएर छोड्ने र दिनभरको समय सदुपयोग गर्ने महिलाहरु सहभागी छन् । यहाँ महिलाहरुले ब्यवसायिक रुपमा होजियारी संचालन समेत गर्दै आएका छन् । उनीहरुले यो सामुहिक अभ्यास पनि राम्रो सफल भएको छ ।

त्यस्तै बगनासकाली भित्रका ३४ जना किसानहरुलाई ब्यवसायिक बंगुरपालन, कुखुरापालन तालिम संचालन गरिएको छ । ४ दिनसम्म चलेको तालिममा बगनासकालीभित्र बंगुरपालन कुखुरापालन गर्दै आएका र यो ब्यवसाय गर्न इच्छुक ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

मेड्पा कार्यक्रम अन्तरगत अघिल्ला वर्ष पनि तालिम सञ्चालन गर्दै आएको र यस वर्ष पनि उक्त तालिमको स्तरोन्नती तालिम संचालन गरिएको छ । पोखराथोकमा महिलाहरुलाई तरकारी बाली मसलाबाली सम्बन्धी ३ दिनको तालिम संचालन गरिएको छ । ८ जनाले यो तालिम लिएका छन् । महिलाहरुलाई प्रति उद्यमी ५० किलोको दरले अदुवाको बिउ बितरण गरिएको र उनीहरुलाई आगामी वर्ष उक्त बिउ फिर्ता गर्ने र अन्य उद्यमीहरुलाई उक्त बिउ पुनः फिर्ता गर्ने गरी वितरण गरिने बगालेले बताउनुभयो ।

पोखराथोकमै कुखुरापालन गरिरहेका उद्यमीहरुलाई ३ दिनको कुखुरापालन सम्बन्धी पुर्नताजगी तालिम संचालन गरिएको छ । मेड्पा कार्यक्रम अन्तरगत यहाँका महिला उद्यमीहरुलाई अन्तरपालिका स्तरीय अवलोकन भ्रमण अन्तरगत सुनवल लगेर त्यहाँको उद्यम विकासको अवस्थाबारे देखाइएको बगालेले बताउनुभयो ।

आफूहरुले निर्माण गरेका दुनाटपरी र परालको चप्पलको माग राम्रो रहेको समूहकी अध्यक्ष कल्पना बिकले बताउनुभयो । कल्पनाले समूहको नेतृत्व गर्नुका साथै बिभिन्न स्थानमा हुने मेड्पा तालिममा प्रशिक्षकको भूमिका समेत निर्वाह गर्दै आउनुभएको छ । “समूहमा काम गर्न पाउँदा महिला दिदी बहिनीहरु पनि खुशी हुनुहुन्छ । समयको सदुपयोग भएको छ काम गरेपछि घरखर्च चलाउने पैसा पनि आउँछ । धेरै राम्रो भएको छ ।” उहाँले भन्नुभयो । बनमा खेर गइरहेको सालको पात र सस्तो मूल्यमा पाइने परालबाट धेरै आम्दानी गर्न सकिने भएकोले महिलाहरुका लागि यो कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो ।

बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले उद्यमशील समुदाय निर्माण हुनु नै समृद्ध पालिका निर्माणको मुख्य आधार भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष सरस्वती चिदीले समुदायको आवश्यकता र माग अनुसार तालिम संचालन गरी उनीहरुलाई तालिम अनुसारको काममा प्रतिबद्ध भई लगाउनु नै आजको आवश्यकता रहेको र यसमा बगनासकाली गाउँपालिका लागिपरेको बताउनुभयो ।

 

Previous Post

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

Next Post

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

palpasamachar

palpasamachar

Next Post
सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025

Recent News

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version