पूरा नहुँदै जीर्ण बन्ने स्थितिमा तानसेन डबली

0
557

पाल्पा । तानसेन कैलाशनगर बतासेमा निर्मित साँस्कृतिक डबली निर्माण कार्य पूरा नहुदै जीर्ण हुने अवस्थामा पुगेको छ । यो डबली निर्माणको काम दुई वर्षअघि सम्पन्न हुनुपर्ने हो तर एकातिर निर्माण कार्य अलपत्र भएको छ भने अर्कोतर्फ बनिसकेका संरचनाहरूको समेत संरक्षणको अभावमा जीर्ण हुने अवस्थामा छन् ।

लुम्बिनी प्रदेश सरकारले एक जिल्ला एक गन्तव्यको कार्यक्रम अनुसार यो डबली निर्माणको काम अगाडि बढाएको हो । यो डबली अहिले निर्माणाधीन अवस्थामै अलपत्र भएपछि स्थानीयहरू समेत चिन्तित भएका छन् । २०७८ सालको असार ७ गते निर्माण कार्य पुरा गर्ने गरी २०७६ सालको असार १५ मा ६ करोड, ७२ लाख, ५६ हजार रुपैयाँको लागतमा प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि काठमाडौंले निर्माणको जिम्मेवारी लिएको थियो । यो डबली निर्माणको अनुगमन र नियमन गर्ने निकाय समेत खासै देखिएको छैन ।

करिब ५ सय दर्शक अट्ने क्षमता भएको डबलीको निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउन सके पाल्पाको पर्यटकीय विकासमा थप सघाउँ पुग्ने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले एकातिर डबली निर्माणको काम पनि पूरा नभएको र निर्माण कार्य पूरा भएपछि पनि कसले उक्त डबलीको जिम्मेवारी लिने भन्नेबारे टुंगो नलागेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here