माथागढीमा सामाजिक विकास सम्वन्धी सुझाव संकलन तथा अन्तरक्रिया

0
515

पाल्पा । माथागढी गाउँपालिकाको वार्षिक, नीति, कार्यक्रमको सम्बन्धमा सामाजिक विकास सम्वन्धी सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले पालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा यस वर्षदेखि नविनतम कामहरू सुरुवात गर्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुंचेले विद्यालयको विकास, स्वास्थ्यको विकाससँगै मानव विकासको सूचक समेत बढ्ने भएकाले त्यसको समुचित विकासतर्फ लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पालिकाका विद्यालय, स्वास्थ्य संस्थाहरुले आफ्नो काम, राम्रा अभ्यास, समस्या, सुझाव सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीले पालिकाको शिक्षा र स्वास्थ्यको सुधार हुने गरी काम गरिने बताउनुभयो । पालिकाले प्राप्त सुझावलाइ आगामि वर्षको नीति कार्यक्रममा समेटेर बजेट बिनियोजन गरिने उहाँले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख केशबबहादुर जिसी, शिक्षा शाखा प्रमुख प्रेम बह्रघरे, योजना अधिकृत नित्यानन्द खनाल, शिक्षा उपप्रमुख अमृत अधिकारी लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, स्वास्थ्य चौकी प्रमुखहरुलेशिक्षा तथा स्वास्थ्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

स्वास्थ्य शाखा प्रमुख केशव बहादुर जिसीको स्वागत, योजना अधिकृत खनालको संचालनमा भएको कार्यक्रम सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here