• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 16, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

रम्भा बिशेषः यस्ता छन् पिपलडाँडाका योजना र कार्यक्रम

palpasamachar by palpasamachar
June 1, 2023
in शीर्ष समाचार, स्थानीय समाचार
0
यस्ता छन् पिपलडाँडाका योजना र कार्यक्रम तथा प्रभाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रम्भा गाउँपालिका–३ पिपलडाँडाका थमन बहादुर गाहाको यो वडा अध्यक्षकै रुपमा दोस्रो कार्यकाल हो । अघिल्लो ५ वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरि यो कार्यकाललाई थप प्रभावकारी र अघिल्लो कार्यकालको समिक्षा गर्दै अगाडि बढाएको उहाँको भनाई छ । पिपलडाँडाको समग्र विकास योजना कस्तो छ । चालु आर्थिक वर्षमा के कस्ता योजनाहरू संचालन हुदैछन् र प्रभाव कस्तो छ लगायतको विषयमा रही हामीले वडाध्यक्ष गाहासँग कुराकानी गरेका थियौं ।

विकास योजनाः
साविकको पिललडाडा गाविस र अहिलेको वडा कार्यालय भवन अहिले गाउँपालिकाले उपयोग गरिरहेको छ । हालको वडा भने पिपलडाडा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको भवनमा चलिरहेको छ । यो भवनको भाडा वडाले तिर्नुपर्दैन । रम्भा गाउँपालिकाको स्थायी भवन निर्माण भएर कार्यालय सरेपछि हाल गाउँपालिका कार्यालय चलिरहेको भवनमा वडा कार्यालय सार्ने योजना गरेको वडाध्यक्ष गाहाले बताउनुभयो ।

पिपलडाँडाको बाटोको अवस्थाः
पिपलडाँडा वडाभित्र कम्तीमा २८ वटा शाखा बाटोहरू रहेका छन् । नयाँ ट्रयाक पनि खोलिएका छन् । वर्षात्को समयमा केही स्थानमा समस्या रहेपनि अन्य समयमा सबै टोलमा मोटर सजिलै पुग्छ । यो वडालाई सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोरले पनि छोएको छ । लसुनेबाट सेरासम्म सिद्धार्थ राजमार्ग र जिरोदेखि सहदीखोलासम्म लगभग २ किमि कालीगण्डकी करिडोरले छोएको छ । वडाभित्रको खासबाटोको रुपमा लसुने ओमभञ्ज्याङ देउराली, लसुने, झेक्स्काङ हुदै भञ्ज्याङथोक जाने पहुच मार्ग पनि छ ।

वडाको विकास योजना संचालनका लागि वडाको बजेटले मात्रै पुग्दैन । पालिका, प्रदेश र केन्द्रका योजनाहरू पनि चलिरहेका छन् । यहाँका मोटरबाटोहरुमा पर्वको समयमा अन्य आवश्यक समयमा सरसफाई गरिन्छ । हरेक वर्ष वडा र पालिकाबाट बजेट लगाएर कार्यपालिकाबाटै निर्णय गरेर पालिका भित्रका मोटरबाटोहरुको सरसफाई हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९,०८० मा वडामा ६ वटा मोटरबाटोका लागि बजेट बिनियोजन गरिएको छ । एउटा कोलोदी तोरीबारी दमारटोलमा नयाँ बाटो खोलिएको र अन्य बजेट पुरानो बाटोलाई नै राम्रो बनाइएको छ । वडाबाट यो वर्ष सबै योजनाहरुको सम्झौता भयो । यो वर्ष ४३ वटा योजना छन् । चालु आर्थिक वर्षमा वडा कार्यालयको बजेट मार्फत आमटारी लुङकरे मोटरबाटोका लागि २ लाख २५ हजार, पिपलडाँडा मोटरबाटो मर्मतका लागि १ लाख, अमराई मोटरबाटोका लागि १ लाख, जिरोदेखि जबुवा गरुङ्गा मोटरबाटोका लागि १ लाख, कोलुङदी तोरीबारी दमार मोटरबाटोका लागि १ लाख, निकीचौर माथिल्लो बग्नास्दी ठाटीभञ्ज्याङ् कृषि सडक स्तरोन्नतीका लागि २ लाख गरि जम्मा ८ लाख २५ हजार रुपैयाँ बिनियोजना गरिएको छ ।

भवन निर्माणः
यो वर्ष वडा कार्यालयको बजेटबाट वडाभित्रका बिभिन्न सामुदायिक भवनहरुको निर्माण तथा मर्मतलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरिएको छ । देउराली सामुदायिक भवन निर्माणका लागि २ लाख, झर्लेङ्दी पौवा निर्माणका लागि १ लाख ५० हजार, बरनास्दी महिला सामुदायिक भवन निर्माणका लागि २ लाख, दलित आरन भवन निर्माणका लागि १ लाख, कोट मन्दिर निर्माणका लागि १ लाख ५० हजार, तल्लो घौङसिङ सामुदायिक भवन निर्माणका लागि १ लाख र जलदेवी बाल बिकास भवन निर्माणका लागि १ लाख ५० हजार गरि जम्मा भवन निर्माण शीर्षकमा १० लाख ५० हजार बिनियोजन गरिएको वडाध्यक्ष गाहाले बताउनुभयो ।

स्वास्थ्यः
स्वास्थ्यमा पिपलडाँडामा राम्रो सेवा पुगेको वडाध्यक्ष गाहाको भनाई छ । यस वडामा एउटा स्वास्थ्य चौकी छ । दुई वटा सामुदायिक स्वास्थ्य इकाई संचालनमा छन् । पिपलडाँडाको ठाटी भञ्ज्याङ र झेस्काङमा सामुदायिक स्वास्थ्य इकाई संचालनमा छ । त्यस्तै बडहरखोलामा छिटै सामुदायिक स्वास्थ्य इकाई सञ्चालनको तयारी गरिएको छ । झेस्काङको सामुदायिक स्वास्थ्य इकाईमा बर्थिङ सेन्टर सञ्चालनको पनि तयारी गरिएको छ । यो वर्ष स्वास्थ्य क्षेत्रका लागि झेस्कांग सामुदायिक स्वास्थ्य इकाई व्यवस्थापनका लागि ५० हजार, पिपलडाँडा स्वास्थ्य चौकी व्यवस्थापनका लागि १ लाख, रम्भा आर्युवेद औषधालय व्यवस्थापनका लागि ५० हजार र ठाटीभञ्ज्याङ सामुदायिक स्वास्थ्य इकाई व्यवस्थापनका लागि ५० हजार गरि जम्मा रु २ लाख ५० हजार बिनियोजन गरिएको छ ।

बिद्युतीकरण, खानेपानीः
पिपलडाँडाका सबै घरमा बिजुली छ । अझै १ सय ५० जति पोल काठका छन् । बिस्तारै यी काठका पोलहरुलाई बिस्थापित गर्दै जाने योजना छ ।
पिपलडाँडामा १ घर १ धारा अन्तरगत बिस्तारै पु¥याउने योजना रहेको छ । आफ्नो यो कार्यकालमा सबै घरमा धारा पु¥याउने योजना रहेको वडाध्यक्ष गाहाले बताउनुभयो । यो वर्ष लिउडाँडा खानेपानी योजनाका लागि २ लाख, बझाङदी खहरेखोला खानेपानी योजनाका लागि १ लाख ५० हजार, नैसिङगा हाकडाडा खानेपानी योजनाका लागि १ लाख ५० हजार, छापडाडा खानेपानी योजनाका लागि ५० हजार र झरेकवन टोल खानेपानी योजनाका लागि पाइप खरिदका लागि ५० हजार बिनियोजन गरिएको छ ।

कृषि पशुपालन र सिंचाईः
कृषि र पशुपालनमा हेफर इन्टरनेशनल र रिड नेपालसंग मिलेर काम भइरहेको छ । ७५ प्रतिशत पालिका र २५ प्रतिशत हेफरको छ । बाख्रा माउ, ट्याक्टर, बिउ बिजन बितरण, लगायत बितरण गरिएको छ प्राविधिक सहयोग पनि मिलेको छ । यसबाट किसानहरुको आयआर्जन पनि बढेको छ । यो वर्ष कुलो निर्माणका वडा मार्फत ७ वटा योजनामा ६ लाख ५० हजार बिनियोजन गरिएको छ ।

खेलकूदः
वडाले खेलकूद क्षेत्रको विकासका लागि पनि कार्यक्रम बनाएको छ र चालु आर्थिक बर्षमा बजेट पनि बिनियोजन गरेको छ । जस अन्तरगत झेस्काङ भलिवल खेल मैदान निर्माणका लागि १ लाख, कौलाछाप नयाँ चौपारी भलिवल मैदानका लागि २ लाख ५० हजार, पिपलटारी भलिवल खेल मैदान निर्माणका लागि १ लाख र झारुट टोल भलिवल मैदान निर्माणका लागि ७५ हजार बिनियोजन गरिएको छ ।

लक्षित वर्गः
लक्षित वर्ग अन्तरगत ७ वटै लक्षित वर्गहरुलाई पुरानौ समितिबाट काम भएको छ । यी समितिहरुको पुर्नगठन गर्ने योजना छ । वडाबाट बिबिध शीर्षकमा वडा कृषि तथा पशु कार्यक्रमका लागि २ लाख, गाउँ विकास कार्यक्रमको लागि १ लाख, महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. का लागि ५० हजार र वडाको चालु खर्चको लागि २ लाख ५० हजार गरि जम्मा ६ लाख गरि वडाको जम्मा ५० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

कार्यक्रम र योजनामा सम्झौता तथा प्रक्रिया र फरफारक शैली सानो ठूलो योजनाको प्रक्रिया एउटै छ । सिस्टम एउटै भएकोले अप्ठेरो भएको छ । सानो योजनाका लागि पनि लामो प्रक्रिया छ । यसलाई योजनाको अवस्था र बजेट हेरि प्रक्रिया सहज बनाउन सके प्रभावकारी हुने थियो । हाम्रो वडाभित्र जनप्रतिनिधिमा कुनै समस्या छैन । समय समयमा बैठक बस्ने र निर्णय हुने गरेको छ । सहमतिमै निर्णय हुन्छ । वडामा अस्थायी कर्मचारीले नै वडा सचिवको जिम्मेवारी बहन गर्दै आउनुभएको छ ।

अन्य शाखाहरू पनि करारका कर्मचारीहरुले चलाइरहेका छन् । तर पनि कामहरु प्रभावकारी रुपमा नै चलेको छ । स्थायी कर्मचारी भए अझ प्रभावकारी हुने थियो । निर्वाचनको समयमा जनताले विश्वास गरेर दिनुभएको जनमतले नै आज जनप्रतिनिधिको रुपमा रहेर काम गर्ने अवसर मिलेको छ । यो अवसरलाई इमान्दारीतापूर्वक कार्यान्वयन गर्दै जनतालाई सहज रुपमा सेवा प्रदान गर्नेमा हामी प्रतिबद्ध छौं । जनताले साच्चिकै जनप्रतिनिधिहरुको सेवाबाट सरकारको सेवा घर दैलोमा आएको अनुभुति गर्ने गरि हामीले काम गर्दै आएका छौं । यसबाहेक आम नागरिकहरुबाट पनि थप सुझाव सल्लाहको अपेक्षा गर्दछौं । यहाँहरुको सुझाव सल्लाह बमोजिम वडा र वडा मार्फत हुने सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउ“दै लैजाने प्रतिबद्धता ब्यक्त गर्दछु । (अध्यक्ष गाहासँगको कुराकानीमा आधारित)

 

Previous Post

माथागढीमा सामाजिक विकास सम्वन्धी सुझाव संकलन तथा अन्तरक्रिया

Next Post

३ सय ७५ जना युवालाई स्वरोजगार बनाउँदै माथागढी

palpasamachar

palpasamachar

Next Post
३ सय ७५ जना युवालाई स्वरोजगार बनाउँदै माथागढी

३ सय ७५ जना युवालाई स्वरोजगार बनाउँदै माथागढी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

May 15, 2025
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

May 15, 2025
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025

Recent News

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

May 15, 2025
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

May 15, 2025
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version